Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

Saathi – Humanity Still Exist: आपतकालीन रक्तदानका लागि नेपाली डिजिटल प्लेटफर्म सार्वजनिक


ग्लोबल पाना
मंगलबार, माघ १३ २०८२
  • 517
    SHARES

  • images
    Saathi – Humanity Still Exist: आपतकालीन रक्तदानका लागि नेपाली डिजिटल प्लेटफर्म सार्वजनिक

    काठमाडौं । आपतकालीन अवस्थामा रक्तदानलाई छिटो, सहज र भरपर्दो बनाउने उद्देश्यसहित विकास गरिएको Saathi – Humanity Still Exist (साथी) एप सार्वजनिक गरिएको छ। डिजिटल स्वास्थ्य प्रविधि क्षेत्रमा काम गर्ने विज्ञहरूका अनुसार साथी एपले आपतकालीन रक्तदानका लागि रक्तदाता र बिरामीलाई प्रत्यक्ष रूपमा जोड्ने प्रभावकारी डिजिटल समाधान प्रदान गरेको छ। प्रयोगकर्ता–मैत्री डिजाइन, सरल इन्टरफेस र छिटो प्रतिक्रिया प्रणालीका कारण साथी एप अन्य प्लेटफर्मभन्दा फरक र उपयोगी बनेको छ ।

    images
    images
    images

    Saathi – Humanity Still Exist एपमार्फत रक्तदानको अत्यावश्यक आवश्यकता परेका व्यक्तिले नजिकै रहेका उपयुक्त रक्तदातासँग तुरुन्त सम्पर्क गर्न सक्छन्। लोकेसन–आधारित प्रविधि प्रयोग गरेर आवश्यक रक्त समूहका दातालाई तत्काल सूचना पठाइने भएकाले आपतकालीन अवस्थामा समयमै सहयोग प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। स्लो इन्टरनेटमा पनि सहजै चल्ने गरी विकास गरिएकाले देश–विदेशमा रहेका नेपालीहरूका लागि यो एप विशेष उपयोगी हुने विश्वास गरिएको छ। यस एपमा दर्ता भएका रक्तदाताहरूको विवरण सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ ।

    प्रमाणित रक्तदाता प्रणाली, रक्तदान इतिहास तथा आवश्यक स्वास्थ्य सम्बन्धी सूचनाहरूका कारण प्रयोगकर्ताले भरपर्दो र सुरक्षित सेवा लिन सक्नेछन्। अस्पताल, बिरामी र रक्तदाताबीचको समन्वयलाई सहज बनाउँदै Saathi – Humanity Still Exist ले रक्त अभावका कारण हुने जोखिम न्यूनीकरण गर्ने लक्ष्य राखेको छ । मानवता र सहकार्यको भावनालाई प्रविधिसँग जोड्दै अघि बढाइएको Saathi – Humanity Still Exist अभियानले “मानवता अझै बाँकी छ” भन्ने सकारात्मक सन्देश समाजमा प्रवाह गरिरहेको छ ।

    जीवन बचाउने यस डिजिटल अभियानमा सहभागी भई रक्तदानमार्फत सहयोग गर्न सबै नेपालीलाई आह्वान गरिएको छ । Saathi – Humanity Still Exist एप अहिले नै डाउनलोड गरेर आपतकालीन अवस्थामा जीवन बचाउने यस मानवीय अभियानको हिस्सा बन्न सक्नुहुन्छ ।

    Download Link:

    https://www.saathi.io/#download 

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ