Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

१४ हजार विद्यार्थीको जन्मजात मुटु रोग तथा बाथ मुटु रोग परीक्षण गर्दै काठमाडौँ महानगरपालिका


ग्लोबल पाना
मंगलबार, चैत २४ २०८२
  • 192
    SHARES

  • images
    १४ हजार विद्यार्थीको जन्मजात मुटु रोग तथा बाथ मुटु रोग परीक्षण गर्दै काठमाडौँ महानगरपालिका

    काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालय उमेरका १४ हजार बालबालिकाको जन्मजात मुटु रोग तथा वाथ मुटु रोगको परीक्षण (आरएचडी÷सीएचडी स्क्रीनिङ्) गराउने भएको छ । ४१ वटा सामुदायिक विद्यालयमा यो कार्यक्रम सञ्चालन हुनेछ । यससँगै ३२ वडाका १५ ठाउँमा महिला मुटुरोग सचेतना कार्यक्रम (गो रेड फर वुमेन) सञ्चालन गरिनेछ । महानगरपालिकाको स्वास्थ्य विभागले नेपाल हृदय रोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

    images
    images
    images

    ‘बालबालिकामा हुने यो समस्या समयमा पत्ता लगाउन सकियो भने सरल उपचार विधिबाट स्वस्थ्य जीवन बनाउन सकिन्छ । समय वितेपछि समस्या पत्ता लाग्यो भने महङ्गो उपचारले पारिवारिक अवस्थालाई खराव बनाउँछ । यसकारण हामीले बालबालिकाको मुटु वाथको परीक्षण कार्यक्रम गरेका हौँ ।’ स्वास्थ्य विभागका प्रमुख दिपककुुमार के. सी. भन्नुहुन्छ, ‘यो परीक्षणबाट प्राप्त हुने तथ्याङ्कका आधारमा थप कार्यक्रम तर्जुमा गर्नेछौँ ।’

    महानगरपालिकाले थालेको यो कामले धेरै परिवारमा प्रत्यक्ष लाभ हुनेछ । भविष्यका कर्णधारहरुको जीवन बचाउन महानगरपालिकाले पुण्यको काम गरेको छ । प्रतिष्ठानका सभापति महेनमोहन श्रेष्ठको प्रतिक्रिया छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ