Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

कृषि विकास बैंकको वेबसाइट अब अपांगतामैत्री, डिजिटल बैंकिङ सेवामा सबैको समान पहुँच सुनिश्चित गर्ने प्रयास


ग्लोबल पाना
मंगलबार, असार २ २०८३
  • 189
    SHARES

  • images
    कृषि विकास बैंकको वेबसाइट अब अपांगतामैत्री, डिजिटल बैंकिङ सेवामा सबैको समान पहुँच सुनिश्चित गर्ने प्रयास

    काठमाडौं । डिजिटल समावेशितालाई प्राथमिकतामा राख्दै कृषि विकास बैंकले आफ्नो आधिकारिक वेबसाइटलाई अपांगतामैत्री बनाएको छ । दृष्टिविहीन तथा विभिन्न प्रकारका अपांगता भएका व्यक्तिहरूले पनि बैंकका अनलाइन सेवाहरू सहज रूपमा उपयोग गर्न सकून् भन्ने उद्देश्यका साथ बैंकले वेबसाइटमा पहुँचमैत्री सुविधाहरू थप गरेको जनाएको छ ।

    images
    images
    images

    बैंकका अनुसार वेबसाइटको नयाँ अद्यावधिकमा स्क्रिन रिडर सपोर्ट, अक्षरको आकार परिवर्तन गर्ने सुविधा, उच्च कन्ट्रास्ट (High Contrast) विकल्प लगायतका आधुनिक पहुँचसम्बन्धी विशेषताहरू समावेश गरिएको छ । यी सुविधाले अपाङ्गता भएका सेवाग्राहीलाई डिजिटल माध्यमबाट बैंकिङ सेवा प्राप्त गर्न थप सहज, सुरक्षित र प्रभावकारी वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

    नेपालमा समावेशी डिजिटल सेवाको आवश्यकता बढिरहेका बेला कृषि विकास बैंकले गरेको यो पहललाई सामाजिक उत्तरदायित्व र ग्राहकमैत्री सेवाको उत्कृष्ट उदाहरणका रूपमा हेरिएको छ । विशेष आवश्यकता भएका नागरिकलाई पनि समान रूपमा बैंकिङ सेवामा पहुँच सुनिश्चित गर्ने बैंकको प्रयासले "कसैलाई पनि पछाडि नछोड्ने" समावेशी विकासको अवधारणालाई व्यवहारमा उतारेको देखिन्छ ।

    बैंकले प्रविधिमैत्री, समावेशी तथा ग्राहककेन्द्रित बैंकिङ सेवाप्रतिको आफ्नो प्रतिबद्धतालाई यसमार्फत थप सुदृढ बनाएको जनाएको छ । डिजिटल पहुँचलाई सबै नागरिकको अधिकारका रूपमा आत्मसात गर्दै आधुनिक प्रविधिको प्रयोग र सेवाको विस्तारलाई निरन्तरता दिने लक्ष्य बैंकले लिएको छ । “सबैको पहुँचमा बैंकिङ, सबैका लागि समान अवसर” भन्ने मूल भावनालाई आत्मसात गर्दै कृषि विकास बैंक लिमिटेडले डिजिटल समावेशिताको दिशामा अर्को महत्वपूर्ण कदम अघि बढाएको छ ।

    बैंकको यो प्रशंसनीय प्रयासले अपांगता भएका व्यक्तिहरूलाई डिजिटल बैंकिङ सेवामा समान पहुँच सुनिश्चित गर्न सहयोग पुग्नुका साथै समावेशी समाज निर्माणमा समेत सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ । डिजिटल नेपाल निर्माणको यात्रामा कृषि विकास बैंकको यो कदम अन्य वित्तीय संस्थाहरूका लागि पनि प्रेरणादायी उदाहरण बन्न सक्ने छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ