Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण


ग्लोबल पाना
बिहीबार , असार २५ २०८३
  • 135
    SHARES

  • images
    कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

    काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले बाजुरा जिल्लाको दुर्गम हिमाली क्षेत्र गौमुल गाउँपालिका भित्र रहेका छ वटा सामुदायिक माध्यमिक विद्यालयहरुलाई स्मार्ट टेलिभिजन उपलब्ध गराएको छ ।

    images
    images
    images

    बैंकको गौमुल शाखा मार्फत गाउँपालिकासँगको समन्वयमा सञ्चालन गरिएको उक्त कार्यक्रमबाट ग्रामीण तथा दुर्गम भेगका विद्यालयहरूमा सूचना तथा सञ्चार प्रविधिमा आधारित शिक्षण सिकाइलाई प्रवद्र्धन गर्ने, विद्यार्थीहरूको डिजिटल शिक्षामा पहुँच विस्तार गर्ने तथा गुणस्तरीय शिक्षाको अवसरलाई थप सुदृढ बनाउने लक्ष्य राखिएको छ ।

    भौगोलिक कठिनाइका कारण आधुनिक शैक्षिक स्रोत–साधनको पहुँच सीमित रहेको गौमुल क्षेत्रका विद्यालयहरूमा यस सहयोगले शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी, रोचक र प्रविधिमैत्री बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

    यस कार्यक्रमअन्तर्गत निम्न विद्यालयहरू लाभान्वित भएका छन्‌ः 

    -श्री मानाकोट माध्यमिक विद्यालय, गौमुल गाउँपालिका–५, बाजुरा

    -श्री जनज्योति माध्यमिक विद्यालय, गौमुल गाउँपालिका–२, बाजुरा

    -श्री अम्लिश माध्यमिक विद्यालय, गौमुल गाउँपालिका–१, बाजुरा

    -श्री फूलपाता माध्यमिक विद्यालय, गौमुल गाउँपालिका–२, बाजुरा

    -श्री किर्तिचौर माध्यमिक विद्यालय, गौमुल गाउँपालिका–६, बाजुरा

    -श्री बालविकास माध्यमिक विद्यालय, गौमुल गाउँपालिका–३, बाजुरा कुमारी बैंकले शिक्षा हरेक बालबालिकाको आधारभूत अधिकार भएको विश्वास गर्दै ग्रामीण तथा शहरी क्षेत्रबीच रहेको शैक्षिक अवसर र स्रोत–साधनको असमानतालाई न्यूनीकरण गर्न यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

    बैंकले उपलब्ध गराएको स्मार्ट टेलिभिजनमार्फत विद्यार्थीहरूलाई डिजिटल सामग्री, श्रव्य–दृश्य माध्यम तथा आधुनिक प्रविधिमा आधारित शिक्षासँग जोड्न सहयोग पुग्ने विश्वास लिएको छ । यसबाट दुर्गम क्षेत्रका विद्यार्थीहरूले पनि शहरी क्षेत्रका विद्यार्थीसरह प्रविधिमैत्री सिकाईको अवसर प्राप्त गरी गुणस्तरीय शिक्षामा समान पहुँच हासिल गर्न सक्ने अपेक्षा गरिएको छ । “समुदायका लागि कुमारी बैंक” भन्ने मूल भावनाअनुरूप बैंकले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।

    शिक्षा क्षेत्रमा गरिएको यस सहयोगले भविष्यका पुस्ताहरुलाई डिजिटल युगअनुकूल ज्ञान र सीप हासिल गर्न प्रेरित गर्नुका साथै स्थानीय स्तरमा शैक्षिक गुणस्तर अभिवृद्धिमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले व्यक्त गरेको छ । विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले हाल देशभर फैलिएका २८६ शाखा, ४१ विस्तार काउन्टर, ३०४ एटीएम, ४० शाखारहित बैंकिङ्ग इकाइ मार्फत लाखौँ ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

    नेपालका जुनसुकै स्थानमा बसोबास गर्ने प्रत्येक नेपालीलाई सहज, सुरक्षित तथा गुणस्तरीय बैंकिङ्ग पहुँच सुनिश्चित गर्ने प्रतिबद्धतासहित बैंकले शहरी, अर्ध–शहरी तथा ग्रामीण क्षेत्रसम्म आफ्नो सेवा विस्तार गर्दै आएको छ । साथै, सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूमार्फत समाजको दिगो विकासमा योगदान पु‍र्‍याउने कार्यलाई आगामी दिनहरूमा समेत निरन्तरता दिने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ