Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ करोड ५१ लाख सहयोग


ग्लोबल पाना
आइतबार, भदौ १४ २०८३
  • 185
    SHARES

  • images
    नेपाल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ करोड ५१ लाख सहयोग

    काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २ करोड ५१ लाख आर्थिक सहयोग प्रदान गरेको छ। उक्त सहयोग रकमको चेक कम्पनीका सञ्चालक श्री कमलेश कुमार अग्रवाल, पूर्व अध्यक्ष श्री गोविन्दलाल संघाई र प्रमुख कार्यकारी अधिकृत श्री प्रवीण रमण पराजुलीले संयुक्त रूपमा हस्तान्तरण गर्नुभएको हो। यस सहयोगले विपद्बाट प्रभावित नागरिकहरूको तत्काल उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा थप सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ।

    images
    images
    images

    नेपाल लाइफले विपद्को यस कठिन समयमा प्रभावित परिवारहरूप्रति गहिरो सहानुभूति व्यक्त गर्दै मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै विपद् तथा संकटका समयमा राज्य र समुदायसँग सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

    नेपाल लाइफले सम्पूर्ण नागरिकलाई प्रभावित समुदायको राहत तथा पुनर्स्थापनामा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नसमेत आग्रह गरेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ