Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

श्री पोखरिया माध्यमिक विद्यालयमा ६२औँ राष्ट्रिय बाल दिवस भव्य रूपमा सम्पन्न


ग्लोबल पाना
मंगलबार, भदौ ३० २०८३
  • 164
    SHARES

  • images
    श्री पोखरिया माध्यमिक विद्यालयमा ६२औँ राष्ट्रिय बाल दिवस भव्य रूपमा सम्पन्न

    विराटनगर । सक्रिय बाल क्लबका अध्यक्ष रोशन कुमार मेहताको अध्यक्षतामा विराटनगर–३ स्थित श्री पोखरिया माध्यमिक विद्यालयमा ६२औँ राष्ट्रिय बाल दिवसको अवसरमा सक्रिय बाल क्लबद्वारा आयोजित विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा विराटनगर महानगरपालिका–३ का वडा अध्यक्ष बसु बहादुर बस्नेतको प्रमुख आतिथ्य रहेको थियो ।

    images
    images
    images

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराई, सक्रिय बाल क्लबका सल्लाहकार श्री सक्षम मेहताज्यू तथा समीर आलमज्यूको विशेष उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण मुकेश मण्डलले गर्नुभएको थियो । बालबालिकाको प्रतिभा, सिर्जनशीलता, नेतृत्व क्षमता तथा आत्मविश्वासको विकाससँगै उनीहरूको अधिकार, संरक्षण, सहभागिता र उज्ज्वल भविष्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक–शिक्षिका, सक्रिय बाल क्लबका पदाधिकारी तथा विभिन्न सरोकारवालाहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

    बालबालिकाले विभिन्न सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुति प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए। कार्यक्रमले बालबालिकालाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै बाल अधिकारको संरक्षण, गुणस्तरीय शिक्षा, बाल सहभागिता तथा बालमैत्री वातावरण निर्माणको महत्वबारे सकारात्मक सन्देश प्रवाह गरेको थियो ।

    बालबालिकाको आवाज, प्रतिभा र सहभागितालाई प्राथमिकतामा राख्दै सम्पन्न यस कार्यक्रमले बालमैत्री समाज निर्माणका लागि सामूहिक प्रतिबद्धता, सहकार्य र सक्रिय सहभागिताको आवश्यकतालाई समेत उजागर गरेको छ । कार्यक्रमसम्बन्धी जानकारी सक्रिय बाल क्लब तथा वडा बाल सञ्जाल, विराटनगर–३ का अध्यक्ष रोशन मेहताले दिनुभएको हो ।

    images

  • सम्बन्धित विषय:

  • # बालबालिका
  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ