काठमाडौं । यस वर्ष आयोजना हुने विराट एक्स्पोलाई परम्परागत प्रदर्शनीको दायराभन्दा फराकिलो बनाउँदै उद्यमशीलता, व्यवसाय विस्तार, नेटवर्किङ तथा नयाँ अवसरसँग जोड्ने तयारी गरिएको छ । एक्स्पोमा Xtreme Energy Drink मुख्य प्रायोजकका रूपमा सहभागी हुने भएको छ ।
एक्स्पोलाई Learn & Earn, Build, Connect, Influence, Business Expansion तथा Networking लगायतका गतिविधिसँग जोड्ने तयारी गरिएको आयोजकले जनाएको छ । Xtreme को सहभागिता भने मुख्य प्रायोजनमा मात्र सीमित नभई उद्यमी, व्यवसायी, युवा, विद्यार्थी तथा नयाँ पुस्ताका सिर्जनशील सोच र सम्भावनालाई एउटै मञ्चमा जोड्ने उद्देश्यमा केन्द्रित रहने जनाइएको छ ।
एक्स्पोमा उद्योगी, व्यवसायी, उद्यमी, लगानीकर्ता, विद्यार्थी, युवा तथा नीति–निर्मातालगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ । आयोजकका अनुसार एक्स्पोमा २ लाख ५० हजारभन्दा बढी आगन्तुक सहभागी हुने अपेक्षा गरिएको छ ।
Xtreme Energy Drink ले आफ्नो ब्रान्डको मूल भावनाका रूपमा रहेको ऊर्जा, आत्मविश्वास र अगाडि बढ्ने साहसलाई उद्यमशीलताको भावनासँग जोड्ने जनाएको छ । सहकार्यबाट नेपाली व्यवसायिक समुदाय, युवा पुस्ता तथा उदीयमान उद्यमीहरूसँग प्रत्यक्ष रूपमा जोडिने अवसर प्राप्त हुने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार एक्स्पोसँगको सहकार्यलाई नयाँ विचारलाई प्रोत्साहन गर्ने, उद्यमीलाई हौसला प्रदान गर्ने तथा सम्भावनालाई अवसरमा रूपान्तरण गर्ने पहलका रूपमा अघि बढाइनेछ ।
.gif)






.jpeg)
