काठमाडौं । नेपाल टेलिकमले एफटीटीएच (फाइबर टु द होम) प्रविधिमा आधारित ‘एनटी फाइबर’ सेवामा नयाँ र विशेष अफरहरू ल्याएसँगै ग्राहकहरूको आकर्षण उल्लेख्य रूपमा बढेको छ । सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउन टेलिकमले नयाँ लाइन जडान तथा आवश्यक जानकारीका लागि १९८ नम्बरमा सम्पर्क गर्ने व्यवस्था मिलाएको छ । पछिल्लो समय यस नम्बरमा ग्राहकहरूको अत्यधिक चाप बढेपछि कम्पनीले कल प्रणालीको क्षमतासमेत अभिवृद्धि गरेको जनाएको छ ।
ग्राहकहरूले अब १९८ मा कल गरेर आफूलाई पायक पर्ने जुनसुकै स्थानका लागि पनि नयाँ फाइबर लाइन जडानको माग दर्ता गराउन सक्नेछन् । यसैगरी, ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै टेलिकमले अनलाइनमार्फत पनि नयाँ एनटी फाइबर जडानको आवेदन दिन सकिने र अन्य सेवा सम्बन्धी गुनासो दर्ता गर्न सकिने व्यवस्था गरेको छ । ग्राहकहरूले टेलिकमको आधिकारिक वेबपोर्टल (https://complain.ntc.net.np/) मा लगइन गरी आफ्नो नेपाल टेलिकमको मोबाइल नम्बर प्रयोग गरेर यो सेवाको सहज उपयोग गर्न सक्नेछन् ।
कम्पनीले हालै ३० एमबीपीएस (Mbps) स्पीडको उच्चस्तरीय फाइबर प्याकेज मात्र रु. ४,९९९ मा उपलब्ध गराउने आकर्षक योजना सार्वजनिक गरेको छ । यसका साथै ग्राहकहरूको आवश्यकता र रुचिअनुसारका विभिन्न दर र क्षमताका अन्य विविध प्याकेजहरूसमेत बजारमा उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।
.gif)






.jpeg)
