काठमाडौं । मिति २०७९ चैत २४ गते एन्जेल्स हार्ट विद्यालयद्वारा कक्षा UKG को Graduation कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा डा. कविराज पोखरेल प्रमुख अतिथीको रूपमा उपस्थित रहनु भएको थियो । बिहान १० बजे प्रमुख अतिथीद्वारा दिप प्रजनन गरेर सो कार्यक्रम उत्घाटन भएको हो । कार्यक्रममा विद्यार्थी लगाएत अभिभावकहरुको बाक्लो उपस्थिति रहनुका साथै कार्यक्रमलाई थप मनोरञ्जन दिनका लागि विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि गरिएको थियो ।
एन्जेल्स हार्ट विद्यालय काठमाडौंमा अवस्थित नेपालको उत्कृष्ट शैक्षिक संस्थाहरु मध्ये एक हो। यस विद्यालयले विद्यार्थीहरूको लागि ज्ञान र सिपमा आधारित शिक्षा प्रदान गर्दछ साथै विद्यार्थीहरूलाई उनीहरूको आफ्नै सांस्कृतिक पहिचान र सम्पदाको बारेमा चेतना अभिवृद्धि गर्ने लक्ष्य राख्दै आएको छ ।
विद्यार्थीहरूले उत्तरदायित्व, इमानदारी, निष्ठा, नम्रता, प्रतिबद्धता, लगनशीलता, अरूप्रति आदर, करुणा र मूल्यवान शिक्षा लगायत सकारात्मक विश्वव्यापी मानवीय मूल्यहरूको कदर गर्न यस विद्यालयले निकै ठूलो भूमिका खेलेको पाइन्छ । यस विद्यालयले ज्ञान र सीपमा आधारित दक्ष र जिम्मेवार समुदायको गठन गर्नु मूख्य उद्देश्यका रुपमा लिएको छ, जुन मानवताको कल्याणको लागि कोशेढुङ्गा हुन सक्छ।
यस विद्यालयले समृद्धि र कल्याणको लागि समग्र पक्षमा समुदाय र राष्ट्रलाई समर्थन गर्न थप रचनात्मक र उत्पादनशील हुनको लागि ज्वलन्त इच्छा र पर्याप्त उत्साहका साथ विद्यार्थीहरूलाई प्रेरित गदै आएको छ। विद्यार्थीहरूलाई सकारात्मक मनोवृत्तिको लागि उत्प्रेरित गर्दै विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
.gif)






.jpeg)
