Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

प्ले स्टोरमा १ करोड भन्दा बढी डाउनलोड पूरा गर्ने पहिलो डिजिटल वालेट बन्यो इसेवा


ग्लोबल पाना
शुक्रबार, साउन ३२ २०८१
  • 356
    SHARES

  • images
    प्ले स्टोरमा १ करोड भन्दा बढी डाउनलोड पूरा गर्ने पहिलो डिजिटल वालेट बन्यो इसेवा

    काठमाडौं। नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको गुगल प्ले स्टोरमा १ करोड (१० मिलियन) भन्दा बढी डाउनलोड पुरा भएको छ। यो उपलब्धि हासिल गर्ने इसेवा, नेपालको पहिलो डिजिटल वालेट एप हो। इसेवाले १ करोड डाउनलोडलाई “खुसिका १ करोड पलहरु” भनेर मनाएको छ।

    images
    images
    images

    नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवाले यो अवधिमा नगदरहित (क्यासलेस) अर्थतन्त्र निर्माणको बाटोमा महत्वपूर्ण योगदान पुर्याएको छ ।

    इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट बस्तीहरूमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै सहजता ल्याएको छ । यो यात्रामा आम मानिसलाई जुनसुकै सेवाको लागि लाइन बस्नुपरेमा सबैभन्दा पहिले इसेवालाई सम्झने अवस्थामा ल्याइ पुर्याएको छ ।

    सन् २००९ मा स्थापना भई सेवा दिई आइरहेको यस कम्पनीले लगभग १६ वर्षको अन्तरालमा नै यो उपलब्धि हासिल गरेको हो। हाल नेपालको ७७ वटै जिल्लामा पहुँच भएको यस कम्पनीसँग १ करोड भन्दा बढि दर्ता भएका ग्राहकहरू, २५०,००० भन्दा बढि एजेन्टहरू, ४९ बैङ्कहरू, ४५ लघुवित्तहरू ३५०,००० भन्दा बढि मर्चेन्टहरु आवद्ध रहेका छन्।

    यस उपलब्धिमा उत्साह व्यक्त गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री जगदीश खड्काले १ करोड डाउनलोड गरी इसेवालाई माया गर्नुहुने प्रयोगकर्ता, ग्राहक, एजेन्ट तथा मर्चेन्टहरु सम्पूणर्का धन्यवाद व्यक्त गरेका छन्।

    “इसेवाको यो यात्रा यतिमा मात्र सीमित नभइ भविष्यमा नयाँनयाँ प्रविधिहरू र नवीनताको साथ नयाँ प्रयोगकर्ताहरूको लागि पनि अनुकुल बनाउँदै अझै थप डाउनलोड बढ्ने कुरामा हामी विश्वस्त छौं।” कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री जगदीश खड्काको भनाई रहेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ