Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

भोलि राष्ट्रिय बिज्ञान दिवस मनाइदै


ग्लोबल पाना
सोमबार, भदौ ३१ २०८१
  • 586
    SHARES

  • images
    भोलि राष्ट्रिय बिज्ञान दिवस मनाइदै

    काठमाडौ, भदौ ३१ । नेपाल सरकारले असोज १ गतेलाइ राष्ट्रिय बिज्ञान दिवस बिबिध कार्यक्रम आयोजना गरेर मनाउने भएको छ। शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय स्रोतका अनुसार “विज्ञान तथा प्रविधिः विकास र उत्पादन वृद्धि” भन्ने आदर्श वाक्यका साथ १२औं राष्ट्रिय विज्ञान दिवस, २०८१ मनाउन लागिएको हो।

    images
    images
    images

    विज्ञान दिवसको मूल समारोह कार्यक्रम राष्ट्रिय प्राकृतिक संरक्षण कोषको सभाहलम आयोजना हुने र कार्यक्रमको प्राविधिक सत्रमा Science and Technology to accelerate Production in Nepal विषयमा प्यानल छलफल हुनेछ भने औपचारिक कार्यक्रममा राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार, २०८१ का लागि छनोट हुनुभएका नौजना व्यक्तित्वहरूलाई पुरस्कृत समेत गरिने मन्त्रालयले उल्लेख गरेको छ।

    पुरस्कृत हुनेहरूको नाम असोज १ गते नै मन्त्रालयको वेबसाईट मार्फत सार्बजनिक हुने जनाइएको छ। विज्ञान, प्रविधि तथा अनुसन्धानमा भएका उपलब्धिबाट कृषि तथा औद्योगिक उत्पादन, उत्पादकत्व अभिवृद्धि र दिगो पूर्वाधार विकास हासिल गर्ने लक्ष्यतर्फ अनुसन्धानकर्ता, प्राज्ञिक वर्ग, वैज्ञानिक समाज, निजी क्षेत्र एवं सरोकारवाला सबै निकायलाई प्रयासरत रहन प्रेरित गर्ने उक्ति दिवसको ध्येय रहेको सो मन्त्रालयले जनाएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहकार्यमा विज्ञान प्रविधिसँग सम्बन्धित संघ संस्थाहरु मार्फत प्रवर्द्धनात्क कार्यक्रमहरू सञ्चालन भईरहेका छन भने स्थानीय तह, विद्यालय एवम् अन्य निकायका प्रतिनिधिहरूबीच कृत्रिम बौद्धिकताको उपयोग विषयमा छलफल कार्यक्रम सञ्चालन भैसकेको मन्त्रालयले जनाएको छ।

    यसै गरी बायोटेक्नोलोजी समाज नेपालबाट चितवनमा केराको रेशाबाट सामाग्री निर्माण गर्ने (Banana fiber and Value addition)बारे तालिम कार्यक्रम सञ्चालन ,रोबोटिक्स एशोसियशन नेपालद्वारा Robotics and AI in Industries and Manufacturing मा वेविनार आयोजना भएको, Women in Science and Technology द्वारा यस मन्त्रालयको सह-आयोजनामा Utilization of waste energy to conserve environment विषयक एकदिने कार्यशाला गोष्टि सम्पन्न भएका छन ।

    बिज्ञान दिवसको अबसरमा विभिन्न विज्ञान तथा प्रविधिसँग सम्बन्धित लेख रचनाहरू समावेश गरी तयार गरिएको “विज्ञान स्मारिका” पुस्तकको विमोचन समेत गरिने शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले जनाएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ