Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

नेपाल टेलिकमको आर्थिक वर्ष २०८१-८२ को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक


ग्लोबल पाना
शुक्रबार, कात्तिक ३० २०८१
  • 452
    SHARES

  • images
    नेपाल टेलिकमको आर्थिक वर्ष २०८१-८२ को प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक

    काठमाडौं। नेपाल टेलिकमको खुद नाफा १४.२ प्रतिशतले घटेको छ। टेलिकले चालु आर्थिक वर्षको पहिलो तीन महिना साउन, भदौ र असोजमा १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको छ।

    images
    images
    images

    यस्तो नाफा गत आर्थिक वर्षको यहीं अवधिमा २ अर्ब २ करोड ७४ लाख रुपैयाँ थियो। कम्पनीको खुद नाफा घट्नुको मुख्य कारण ब्याज आम्दानी ३३ प्रतिशत घट्नु देखिन्छ।
    बैंकहरुको घट्दो ब्याजदरको असर टेलिकमको आम्दानीमा परेको हो।

    वित्तीय आम्दानी पहिले १ अर्ब ७५ करोड रहेकोमा अहिले १ अर्ब १७ करोड छ। कम्पनीको बिक्री आम्दानी पहिले ८ अर्ब ५८ करोड रुपैयाँ रहेकोमा अहिले ८ अर्ब ६८ करोड छ। ब्याज आम्दानी घटेपछि कुल आम्दानी नै घटेको छ। यस्तो आम्दानी पहिले १० अर्ब ६४ करोड रहेकोमा अहिले १० अर्ब ६ करोडमा झरेको छ।

    नाफा घट्दा प्रतिसेयर आम्दानी खुम्चिएको छ। पहिले वार्षिक प्रतिसेयर आम्दानी ४५ रुपैयाँ रहेकोमा अहिले ३८ रुपैयाँ ६६ पैसामा झरेको छ। कम्पनीको जगेडा कोषमा ७८ अर्ब ३१ करोड रुपैयाँ सञ्चित छ। प्रतिसेयर नेटवर्थ ५३५ रुपैयाँ छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ