Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

जङ्गलमा देखा परेको घाईते हात्तीको उपचार


ग्लोबल पाना
बिहीबार , फागुन १ २०८१
  • 301
    SHARES

  • images
    जङ्गलमा देखा परेको घाईते हात्तीको उपचार

    रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रको जङ्गलमा देखा परेको घाईते हात्तीको उपचार गरिएको छ । चन्द्रपुर नगरपालिका–२ स्थित हिलेखोलाको पोखरीडाडाको महादेव स्थान सामुदायिक वन उपभोक्ता समुहको जङ्गलभित्र टयाककोलाईज (डार्क) गरी बेहोस बनाएर हात्तीको उपचार गरिएको हो ।

    images
    images
    images

    यहाको जङ्गल तथा बस्तीमा करीब दुई महिना देखि हात्ती देखा पर्दै आएको स्थानीय टीका आचार्यले बताए । उनका अनुसार हात्तीको दाया खुट्टा घाइते भएको अवस्थामा रहेको थियो । हात्तीको कसैले गोलि हानेको हुन सक्ने आशका गरिएको उनले बताए । राष्ट्रिय प्रकृती संरक्षण कोष सौराहा चितवनका पशु चिकित्सक अमिर सडौला र बन्यजन्तु प्राबिधिक तीर्थ लामाको टोलिले  घाईते हात्तीको उपचार गरेको डिभिजन वन कार्यलय रौतहटले जनाएको छ ।

    राष्ट्रिय प्रकृती संरक्षण कोषका पशु चिकित्सक अमिर सडौलाका अनुसार हात्तीको दाया खुट्टा घोडा मुनी र घाटीमा धातुको बस्तुले सुनिएको अबस्थामा उपचार गरिएको हो ।हात्तीको शरीरमा भएको घाउ सुक्ने एन्टिबायोटिक दिएर उपचार गरेको उनले जानकारी दिए ।हात्ती बेहोस भएको आधा घण्टाभित्र पशुचिकित्सक टोलीले हात्तीको उपचार गरिसकेको थियो । हात्तीको उपचार सकिए लगत्तै  त्यसै स्थानमा छाडिएको थियो ।

    तर स्थानीयले हात्तीलाई नियन्त्रणमा लिएर अन्यत्र स्थानतरण गर्ने माग गर्दै आएका छन । हात्तीको उपचार मात्र गर्ने तर स्थानतरण गर्ने जिम्मेवारी आफ्नो न भएको राष्ट्रिय प्रकृती संरक्षण कोषले जनाएको छ । उक्त जङ्गली हात्तीको नाम एमगज भएको बुझीएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ