Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

महर्षि कलेजमा एकल गायन प्रतियोगिता हुने


ग्लोबल पाना
सोमबार, असार २ २०८२
  • 453
    SHARES

  • images
    महर्षि कलेजमा एकल गायन प्रतियोगिता हुने

    काठमाडौँं । काठमाडौंको गोँगबुमा सञ्चालित महर्षि कलेजमा एकल गायन प्रतियोगिता हुने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) को आयोजनामा काठमाडौँ महानगरपालिका वडा नं २६ पवित्रनगर चोकमा रहेको महर्षि कलेजमा आगामी असार ६ गते शुक्रबार एकल गायन प्रतियोगिता हुन लागेको हो ।

    images
    images
    images

    काठमाडौँ महानगरपालिका प्याब्सनको आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत छात्र छात्राले भाग लिन पाउने प्याब्सन महानगरपालिकाका सहसचिव निर्मल पौडेलले जानकारी दिनुभयो । एकदिने प्रतियोगितामा काठमाडौँ महानगरपालिका प्याब्सनका सदस्य विद्यालयका एक÷एक जना छात्रछात्राले भाग लिन पाउनेछन् ।

    गीत गाउँदा लोकगित वा राष्ट्रियता झल्कने राष्ट्रिय गीत हुनुपर्ने प्याब्सन महानगरले जनाएको छ । यस्तै, प्रतियोगिताको गीत कम्तिमा ३ मीनेट र बढीमा पाँच मिनेट हुनुपर्ने, सिंगल ट्याक्कमा गाउनुपर्ने, कुनै टिपोट नहेरी गाउनुपर्ने बताइएको छ । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र शान्तना हुने विद्यार्थीलाई मेडल तथा विद्यालयलाई ट्रफि र सहभागी विद्यालयलाई प्रमाणपत्र प्रदान गरिने प्याब्सन काठमाडौँ महानगरका सहसचिव पौडेलले बताउनुभयो ।

    प्याब्सन काठमाडौं महानगरपालिकाका अध्यक्ष गगन सिंह ऐरले प्रतियोगितामा काठमाडौँ महानगरभित्रका ३२ वडाबाट ५० भन्दा बढी विद्यालयका विद्यार्थीको सहभागीता रहने जानकारी दिनुभयो । उहाँले विद्यार्थीको गायनप्रतिको क्षमता अभिवृद्धि गर्नका लागि यस्ता प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ