काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले फोनपे नेटवर्कसँगको सहकार्यमा नेपालको आफ्नै भर्चुअल क्रेडिट कार्ड सेवा प्रारम्भ गरेको छ । बैंकले यस सेवामार्फत आफ्ना ग्राहकलाई थप सहज, सुरक्षित र नविनतम डिजिटल बैंकिङ अनुभव दिने विश्वास व्यक्त गरेको छ ।
बैंकका अनुसार ग्राहकले नजिकैको शाखा कार्यालयमा फारम भरेपछि आफ्नो मोबाईल बैंकिङ एप “गरिमा डिजि बटुवा” मा भर्चुअल क्रेडिट कार्ड सेवा सक्रिय गर्न सक्नेछन् । यस कार्डमार्फत फोनपे नेटवर्कभित्रका कुनै पनि क्युआर कोडमा सजिलै भुक्तानी गर्न सकिनेछ । उक्त भर्चुअल क्रेडिट कार्डमा न्यूनतम १० हजारदेखि अधिकतम १ लाख रुपैयाँसम्मको क्रेडिट सीमा रहनेछ ।
साथै, अधिकतम ४५ दिनसम्म बिना ब्याज भुक्तानी सुविधा उपलब्ध हुनेछ । हिसाब राफसाफ गर्दा ग्राहकले १० प्रतिशत मात्र वा पूर्ण रकम भुक्तानी गर्ने विकल्प रोज्न सक्ने व्यवस्था मिलाइएको छ । भौतिक कार्ड नभई मोबाईल बैंकिङ एपमा मात्र उपलब्ध हुने भएकाले यो सेवा अझ सुरक्षित हुने बैंकको दाबी छ ।
हाल गरिमा विकास बैंकले देशभर १२५ शाखा, १ एक्स्टेन्सन काउण्टर, ५१ एटिएम तथा आधुनिक डिजिटल सेवा मार्फत आफ्ना ग्राहकलाई गुणस्तरीय सेवा दिँदै आएको छ ।
.gif)






.jpeg)
