Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

रास्वपाका नवनिर्वाचित सांसदलाई चैत्र ३ र ४ गते अभिमुखीकरण प्रशिक्षण


ग्लोबल पाना
आइतबार, चैत १ २०८२
  • 346
    SHARES

  • images
    रास्वपाका नवनिर्वाचित सांसदलाई चैत्र ३ र ४ गते अभिमुखीकरण प्रशिक्षण

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो तर्फबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि दुई दिने अभिमुखीकरण प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ ।

    images
    images
    images

    पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी का अनुसार उक्त प्रशिक्षण कार्यक्रम आगामी चैत्र ३ र ४ गते काठमाडौंमा सञ्चालन गरिनेछ । प्रशिक्षण बिहान १० बजेदेखि सुरु हुने जनाइएको छ ।

    महामन्त्री बुर्लाकोटीले सबै नवनिर्वाचित सांसदहरूलाई चैत्र ३ गते बिहान ९ बजेसम्म काठमाडौं उपत्यकाभित्र तोकिएको स्थानमा उपस्थित भई तयारी अवस्थामा रहन अनुरोध गरेका छन् ।

    प्रशिक्षण कार्यक्रममा सांसदहरूको संसदीय भूमिका, संसदमा काम गर्ने प्रक्रिया, विधेयक निर्माण तथा नीति निर्माणमा सहभागिता र जनप्रतिनिधिका रूपमा निर्वाह गर्नुपर्ने जिम्मेवारीबारे जानकारी गराइने जनाइएको छ ।

    पार्टीका अनुसार संसदीय गतिविधिलाई प्रभावकारी, जिम्मेवार र व्यवस्थित बनाउने उद्देश्यका साथ अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागिएको हो ।

    महामन्त्री बुर्लाकोटीले प्रशिक्षण कार्यक्रमलाई सफल बनाउन सबै सांसदहरूलाई समयमै उपस्थित हुन पनि आग्रह गरेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ