लमजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय प्रवास विभाग सचिव पदमराज पन्थीले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठन सुदृढीकरण र सक्षम नेतृत्व विकासमा जोड दिएका छन् । रास्वपा राइनास नगरपालिका समितिद्वारा आयोजित नगरसमितिको बैठक तथा प्रशिक्षणमूलक अन्तरक्रियामा सहभागी हुँदै सचिव पन्थीले पार्टीको ‘क्यान्डिडेट क्लब’ अवधारणा, सम्भावित उम्मेदवार छनोट प्रक्रिया र उम्मेदवारको तयारीलगायतका विषयमा छलफल गरेका हुन् ।
बैठकमा आगामी निर्वाचनका लागि योग्य, सक्षम र जनतामाझ विश्वसनीय नेतृत्व तयार गर्ने विषयलाई प्राथमिकतामा राखिएको थियो । साथै पार्टीको सांगठनिक संरचनालाई थप व्यवस्थित, सबल र सुदृढ बनाउँदै स्थानीय तहमा पार्टीको उपस्थिति विस्तार गर्ने विषयमा समेत घनिभूत अन्तरक्रिया भएको थियो ।
पार्टी संगठनलाई बलियो बनाउन स्थानीय तहदेखि नै नेतृत्व विकास, जिम्मेवारीबोध र निर्वाचन केन्द्रित तयारी आवश्यक रहेको उल्लेख गर्दै पन्थीले यस्ता बैठक तथा प्रशिक्षणले पार्टीको भावी रणनीति निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
.gif)






.jpeg)
