Nov 22 2026 | २०८३, मंसिर ६गते

images
ताजा अपडेट

images
images
images

संवैधानिक राजसंस्थासहित सनातन हिन्दु अधिराज्य स्थापना गर्न जय नेपाल पार्टीको माग


ग्लोबल पाना
मंगलबार, मंसिर १ २०८३
  • 325
    SHARES

  • images
    संवैधानिक राजसंस्थासहित सनातन हिन्दु अधिराज्य स्थापना गर्न जय नेपाल पार्टीको माग

    काठमाडौं । जय नेपाल पार्टीले संवैधानिक राजसंस्था तथा हिन्दु, बौद्ध, किरातसहितको सनातन हिन्दु अधिराज्य स्थापना रहेका माग गरेको छ । पार्टीले एक विज्ञप्ती जारी गरी सुदृढ राष्ट्रियता र सार्थक प्रजातन्त्रका लागि संविधान संशोधन, आकाशिँदो बजारभाउ र महँगी नियन्त्रण, संवैधानिक राजसंस्था तथा हिन्दु, बौद्ध, किरातसहितको सनातन हिन्दु अधिराज्य स्थापना गर्न माग गरेको हो । पार्टीका अध्यक्ष डा धवलशम्शेर राणाले मुलुकको राजनीतिक स्थायित्व, राष्ट्रिय एकता, सुशासन र संस्थागत सुधारको क्षेत्रमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले धर्मान्तरण, गोहत्या र गाईको मासु बिक्रीमा प्रतिबन्ध, युवा तथा महिलामैत्री आर्थिक विकास र प्रविधिमा आधारित समुन्नत नेपाल निर्माण, सहकारी तथा लघुवित्तपीडितलाई न्याय दिलाउने काममा सरकारले काम गर्नुपर्ने बताउनुभयो ।

    images
    images
    images

    अध्यक्ष डा राणाले अधिकारसम्पन्न स्थानीय निकाय र प्रदेश संरचनामा जनमत संग्रह तथा एक पटकको नेपाली, सबैका लागि नेपाली र मताधिकारको सुनिश्चिततालाई सरकार लाग्नुपर्ने बताउनुभयो । उक्त पार्टीले सरकारको वर्तमान कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै मुलुकको वर्तमान राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थालाई सुधार गर्न विभिन्न विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ । सो पार्टीले वर्तमान सरकारले सुशासन र समृद्धि संस्थागत गर्दै भ्रष्टाचार निर्मूल गरोस् भन्ने शुभेच्छा राखे पनि त्यसतर्फ विश्वसनीय आधार निर्माण गर्न नसकेको टिप्पणी गरेको छ । अध्यक्ष डा राणाले चोरी, कुुरा तथा भ्रष्टाचार नियन्त्रण, जेनजी विद्रोहका क्रममा शहादत प्राप्त गरेका युवा तथा सुरक्षाकर्मीलगायत नागरिकलाई न्याय दिलाउने विषयमा सरकार प्रभावकारी हुन नसकेको बताउनुभयो । उहाँले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका भवनलगायत संरचनाहरू जलाइए पनि सरकारले दोषीलाई कानुनी दायरामा ल्याउन नसकेको बताउनुभयो ।

    उक्त पार्टीले भोटेकोशी–त्रिशूली बाढीपीडितका सन्दर्भमा सरकारले प्राप्त गरेको राहत सामग्री तथा आर्थिक सहयोगको विवरण सार्वजनिक गर्न माग समेत गरेको छ । “प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संकलन भएको सहयोग रकम कहाँ र कसरी उपयोग गरियो भन्ने विषयमा सरकारले अद्यावधिक विवरण सार्वजनिक गर्नुपर्छ,”– अध्यक्ष डा राणाले भन्नुभयो । सो पार्टीले बाढी प्रभावित क्षेत्रमा पुनस्र्थापना तथा पुनर्निर्माण कार्यको प्रगति विवरण सार्वजनिक गर्नपनि सरकारको ध्यानाकर्षण गराइएको छ ।

    उक्त पार्टीले सरकारप्रति जनताको ठूलो अपेक्षा रहे पनि बजारमा महँगी बढ्दै गएको र दैनिक उपभोग्य वस्तु सहज रूपमा उपलब्ध हुन नसक्दा सर्वसाधारण नागरिकको दैनिक जीवन कष्टकर बनेको बताएको छ । अराजकता, विनापुर्जी सञ्चारकर्मीलगायत नागरिकलाई धरपकड गर्ने प्रवृत्तिले कानुनी राज्यको उपहास तथा लोकतान्त्रिक मूल्यको उल्लङ्घन भएको उक्त पार्टीले जनाएको छ । जय नेपाल पार्टीले जेनजी विद्रोहका क्रममा गठित दुई तिहाइको सरकारलाई समेत अन्तिम किल्ला मानिने सेनाको मातहतमा परिस्थितिलाई पु¥याउनुपर्ने अवस्था किन आयो भन्ने प्रश्न उठाएको छ ।

    ठूलो जनमत र शक्तिका बाबजुद लोकतान्त्रिक शासन प्रणाली तथा धर्मनिरपेक्षताका उपलब्धि र असफलताबारे गम्भीर समीक्षा गर्नुपर्ने उक्त पार्टीले जनाएको छ । सरकारले संविधान संशोधनका लागि सुझाव संकलन गरेको भएपनि त्यसको स्पष्ट खाका, मार्गचित्र र प्रक्रिया सार्वजनिक नगरेको भन्दै असन्तुष्टि जनाएको छ ।

    सो पार्टीले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई संस्थागत सुधारका आफ्ना प्रस्तावमा समर्थन र सुझाव दिन आह्वान गरेको छ । सरकारले समयमै आफ्ना प्राथमिकता सम्बोधन नगरे चरणबद्ध रूपमा शान्तिपूर्ण आन्दोलनका गतिविधि सञ्चालन गर्ने उक्त पार्टीले जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार