Nov 22 2026 | २०८३, मंसिर ६गते

images
ताजा अपडेट

images
images
images

जीवित देवता श्रीगणेश र श्रीभैरवको निवास स्थान निर्माणका लागि शिलान्यास


ग्लोबल पाना
शनिबार, मंसिर ५ २०८३
  • 100
    SHARES

  • images
    जीवित देवता श्रीगणेश र श्रीभैरवको निवास स्थान निर्माणका लागि शिलान्यास

    ६ करोड ७ लाख ९५ हजार ५७ रुपियाँ लागत

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले श्रीगणेश र श्रीभैरवको निवासस्थान निर्माणका लागि निर्माण स्थलको ब्रम्हस्थानमा शिलान्यास गर्नुभएको छ । बसन्तपुर डवलीको दक्षिणतर्फ कुमारी घरसँगैको जमिनमा विधिपूर्वक जग पूजा गरेर आज उहाँले शिलान्यास गर्नुभएको हो ।

    images
    images
    images

    उहाँसँगै निर्माणस्थलको इशान (उत्तर-पूर्व) कोणमा वडा नं. २४ का अध्यक्ष एवम् हनुमाढोका दरवार क्षेत्र संरक्षण कार्यक्रम उपसमितिका संयोजक बिनोद कुमार राजभण्डारीले, आग्नेय (दक्षिण-पूर्व) कोणमा वडा नं. २३ का अध्यक्ष एवम् विधायन समितिका संयोजक मचाराजा महर्जनले, वायव्य (उत्तर-पश्चिम) कोणमा वडा नं. १९ का अध्यक्ष एवम् पूर्वाधार समितिका संयोजक राजेशकुमार श्रेष्ठ र नैॠत्य (दक्षिण-पश्चिम) कोणमा वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धरले जगपूजा र शिलान्यास गर्नुभएको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार