काठमाडौं । भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रा.लि.ले टंगालस्थित आफ्नो स्टोरको ग्रोसरी सेवा आजदेखि अर्थात २०८३/०८/०१ गते बाट २४ घण्टा सञ्चालन गर्ने योजना बनाएको भए तापनि केही प्राविधिक कारणवश उक्त योजना अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी आएकाे छ ।
यस विषयमा कम्पनीका प्रमुख सञ्चालन अधिकृत (COO) श्री पानु पौडेलले भन्नुभयो, “हाम्रा ग्राहकहरूलाई अझ सहज, सुविधाजनक र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले टंगाल स्टोरको ग्रोसरी सेवा २४ घण्टा सञ्चालन गर्ने तयारी गरिएको थियो । तर, केही प्राविधिक कारणले तत्कालका लागि उक्त योजना स्थगित गर्नुपरेको छ । हामी हाम्रा ग्राहकहरूको अपेक्षा र विश्वासलाई सधैँ उच्च प्राथमिकतामा राख्दछौँ । ग्राहकहरूलाई निराश हुन नदिई आवश्यक तयारी पूरा गरी छिट्टै नै २४ घण्टा सेवा सञ्चालनको नयाँ मिति सार्वजनिक गर्नेछौँ ।”
.gif)






.jpeg)
