Nov 19 2026 | २०८३, मंसिर ३गते

images
ताजा अपडेट

images
images
images

जटिल प्रसूति समस्यामा परेकी २० वर्षीया महिलाको हवाई उद्धार


ग्लोबल पाना
बुधबार, मंसिर २ २०८३
  • 109
    SHARES

  • images
    जटिल प्रसूति समस्यामा परेकी २० वर्षीया महिलाको हवाई उद्धार

    काठमाडौं । जटिल प्रसूति समस्याका कारण ज्यान जोखिममा परेकी अछामकी २० वर्षीया महिलाको नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्‍याइएको छ । अछामको मंगलसेन नगरपालिका–४ निवासी ती महिलामा जटिल प्रसूति समस्या देखिएपछि मंसिर १ गते तत्काल हवाई उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिएको हो ।

    images
    images
    images

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गर्दै आएको हवाई उद्धार कार्यक्रममार्फत उक्त उद्धार गरिएको हो। दुर्गम तथा भौगोलिक विकटताका कारण सहज स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका गर्भवती तथा सुत्केरी महिलालाई समयमै सुविधासम्पन्न स्वास्थ्य संस्थासम्म पुर्‍याई आमा र शिशुको जीवन रक्षा गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।

    प्रसूति जटिलताका कारण जोखिममा परेका महिलालाई तत्काल उद्धार गरी उपचारको पहुँचमा पुर्‍याउने यस कार्यक्रमले दुर्गम क्षेत्रका महिलाका लागि जीवनरक्षाको आधार प्रदान गर्दै आएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ