Oct 31 2026 | २०८३, कात्तिक १५गते

images
ताजा अपडेट

images
images
images

नेपालको पहिलो ‘एडभान्स स्ट्रोक सेन्टर’को मान्यता पाएको ग्राण्डीमा ‘विश्व स्ट्रोक दिवस’ मनाइयो


ग्लोबल पाना
शुक्रबार, कात्तिक १४ २०८३
  • 123
    SHARES

  • images
    नेपालको पहिलो ‘एडभान्स स्ट्रोक सेन्टर’को मान्यता पाएको ग्राण्डीमा ‘विश्व स्ट्रोक दिवस’ मनाइयो

    काठमाडौँ । नेपालको पहिलो ‘एडभान्स स्ट्रोक सेन्टर’को मान्यता पाएको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा विश्व स्ट्रोक दिवस मनाइएको छ । अक्टोबर २९ अर्थात् विश्व स्ट्रोक दिवसको अवसरमा आज ग्राण्डी अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका वरिष्ठ न्यूरोलोजिष्ट तथा मस्तिष्कघात उपचारका निर्देशक डा राजु पौडेलले विश्वभर स्ट्रोकबाट प्रत्येक वर्ष करिब १ करोड २० लाख मानिस प्रभावित हुने गरेको बताए । नेपालमा भने वर्षेनी स्ट्रोकबाट ५० देखि ७५ हजार मानिस प्रभावित हुने गरेको डा पौडेलको भनाई छ । उनले स्ट्रोक नसर्ने रोगहरुमध्ये विश्वको दोस्रो मृत्युको कारण बनेको बताए ।

    images
    images
    images

    डा. पौडेलले स्ट्रोकलाई नियन्त्रण गर्न रक्तचाप र सुगरको मात्रा नियन्त्रण गर्नुपर्ने, कोलेस्ट्रोललाई नियन्त्रणमा राख्नुपर्ने, धुम्रपान र मदिरापानलाई त्याग्नुपर्ने, दैनिक कम्तिमा ४५ मीनेट हिँड्नुपर्ने बताए । यस्तै, चिल्लो पदार्थ कम खाने, सागसब्जीको मात्रा बढाउने, नुनको प्रयोगमा ध्यान दिनुपर्ने डा पौडेलको भनाई छ । स्ट्रोक भएका विरामीलाई साँढे चार घण्टाभित्र अस्पताल लैजान सकिए पक्षघात हुनबाट बचाउन सकिने डा पौडेलले बताए । स्ट्रोकको समयमै उपचार भएमा बिरामीको जीवन बचाउनको साथै, अपांगताबाट बचाउन सकिने उनको भनाई छ ।

    नेपालमा मुटुको समस्या भएर त्यसपछि रगतको ढिक्का गएर मस्तिष्कमा असर गर्ने समस्याहरु धेरै देखिने डा पौडेलले बताए । सरकारले हरेक प्रदेशमा स्ट्रोक उपचारको लागि अस्पतालको राम्रो व्यवस्था गर्नुपर्ने डा पौडेलको भनाई छ । ग्राण्डीले गतवर्ष विश्व स्ट्रोक संगठन (डब्लुएसओ) बाट उच्च प्रविधिको मस्तिष्कघातसम्बन्धी उपचार केन्द्र ‘एडभान्स स्ट्रोक सेन्टर’ का रुपमा मान्यता प्राप्त गरेको थियो ।

    डब्लुएसओले ग्राण्डी अस्पतालको गुणस्तरीय सेवाको मूल्यांकन गरी अन्तर्राष्ट्रिय स्तरको मापदण्डका आधारमा ‘एडभान्स स्ट्रोक सेन्टर’को मान्यता प्रदान गरेको थियो । विश्व स्ट्रोक दिवसका अवसरमा आज ग्राण्डी अस्पतालमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ