Oct 31 2026 | २०८३, कात्तिक १५गते

images
ताजा अपडेट

images
images
images

क्यानडाको मोन्ट्रियलमा नेपालको पर्यटन प्रवर्द्धन गर्दै Everest Pioneer Trek Nepal


ग्लोबल पाना
शनिबार, कात्तिक १५ २०८३
  • 53
    SHARES

  • images
    क्यानडाको मोन्ट्रियलमा नेपालको पर्यटन प्रवर्द्धन गर्दै Everest Pioneer Trek Nepal

    काठमाडौं । क्यानडाको क्युबेकस्थित मोन्ट्रियलमा आयोजना भइरहेको ३६औँ अन्तर्राष्ट्रिय पर्यटन तथा ट्राभल शो २०२६ मा नेपाली पर्यटन कम्पनी Everest Pioneer Trek Nepal (P) Ltd. ले नेपालको प्रतिनिधित्व गरिरहेको छ । अक्टोबर ३० देखि नोभेम्बर १ सम्म Palais des congrès de Montréal मा सञ्चालन भइरहेको उक्त अन्तर्राष्ट्रिय पर्यटन प्रदर्शनी Expo Media Inc. ले आयोजना गरेको हो । प्रदर्शनीमा विश्वका विभिन्न देशका पर्यटन व्यवसायी, ट्राभल कम्पनी, सञ्चारमाध्यम तथा पर्यटन क्षेत्रका खरिदकर्ताहरूको सहभागिता रहेको छ ।

    images
    images
    images

    प्रदर्शनीमा नेपालको प्रतिनिधित्व गर्ने एकमात्र टुर अपरेटरका रूपमा सहभागी Everest Pioneer Trek Nepal ले नेपालको हिमाली साहसिक पर्यटन, पदयात्रा, प्राकृतिक सौन्दर्य, संस्कृति, सम्पदा तथा पर्यटकीय गन्तव्यहरूको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरिरहेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शाहदेव श्रेष्ठले प्रदर्शनीमा सहभागी अन्तर्राष्ट्रिय पर्यटन व्यवसायी तथा सम्भावित पर्यटकमाझ नेपालको पर्यटन सम्भावना र आकर्षणबारे जानकारी गराइरहेका छन् ।

    विशेषगरी क्यानडेली पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्ने तथा नेपाल र क्यानडाबीच पर्यटन सम्बन्ध विस्तार गर्ने उद्देश्यले कम्पनीले सहभागिता जनाएको जनाएको छ । सन् २०१८ देखि सञ्चालनमा रहेको उक्त कम्पनीले यसपटकसमेत गरी करिब छैटौँ पटक अन्तर्राष्ट्रिय पर्यटन प्रदर्शनीमा सहभागिता जनाएको छ । कम्पनीका अनुसार आफ्नै लगानी र पहलमा नेपालको पर्यटन प्रवर्द्धनका लागि निरन्तर काम गर्दै आएको छ ।

    नेपालका हिमाल, प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता र साहसिक पर्यटनलाई विश्व पर्यटन बजारमा चिनाउँदै बढीभन्दा बढी विदेशी पर्यटकलाई नेपाल भित्र्याउने लक्ष्य कम्पनीले राखेको छ । कम्पनीले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने क्यानडा, नेपाल तथा सम्पूर्ण शुभेच्छुकप्रति आभार व्यक्त गर्दै अन्तर्राष्ट्रिय पर्यटकलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार