Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

पुनः कांग्रेस कव्जा गर्न गगनको राजीनामा ?


ग्लोबल पाना
शुक्रबार, फागुन २९ २०८२
  • 391
    SHARES

  • images
    पुनः कांग्रेस कव्जा गर्न गगनको राजीनामा ?

    ✍️भवनाथ आचार्य

    images
    images
    images

    गत भदौ २३/२४ गतेको असंगठीत विद्रोहको बलमा बनेको सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले गत फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन सम्पन्न ग¥यो । सो निर्वाचनसंगै देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अनपेक्षित परिणाम प्राप्त गरेसंगै बदलिएको काँग्रेसलाई समेत झस्कायो । हराई सकेको कांग्रेसलाई आन्तरिक विद्रोह गरेर तत्कालिन महामन्त्री गगनकुमार थापाले १४ औं महाधिबेशनका प्रतिनिधिकै बलमा विशेष महाधिबेशन मार्फत पुराना पुस्ताबाट दोस्रो पुस्तामा ल्याउन सफल भए । थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्मालगायत पार्टीको परिवर्तन चाहने सवैको साथ र सहयोग रहेको थियो । सोही महाधिबेशनको म्यान्डेट लिएर सभापति थापालाई भावि प्रधानमन्त्रीको उम्मेदवार समेत घोषणा गरेर चुनावमा होमिएको कांग्रेसले सोचे अनुसार सफलता नपाएपनि पार्टीलाई जिताउन लाग्दा सभापति थापा आफै पराजित हुन पुगे ।

    पार्टीलाई आम मतदातामाझ ‘बदलिएको कांग्रेस’ का रुपमा स्थापित गराउन सफल उनै सभापति थापाको कांग्रेस नेतृत्व दबाब, तनाव र छटपटीमा परेको छ । यो निर्वाचनमा पार्टीकै परिवारकाका सदस्यले समेत पुरानो चिह्नलाई रोजेनन्, त्यो कांग्रेसमा मात्र नभई सवै पुराना दलमा देखियो । जसको कारण मतदाताले रास्वपाको घण्टी चिह्नमा भोट दिएर दल र नेतालाई बदलिन सन्देश दिए । अर्कोकुरा, कांग्रेसले चुनावमा पराजय भोग्नु परेको मुख्य कारण भनेकै ‘अन्तरघात’ नै हो । जहाँ पार्टीका जिम्मेवार प्रतिनिधिले समेत ‘रुख’ चिन्हमा भोट नहालेको भोटको संख्याबाट प्रष्ट देखिन्छ । र, आज अन्र्तरघात गर्ने र आफ्नो नैतिकतालाई ढाकछोप गरि पहिलो पुस्ताबाट दोस्रो पुस्तामा दलको नेतृत्व ल्याउने गगनकुमार थापालाई पार्टी सभापतिबाट राजिनामा दिनु पर्ने अस्त्रकै रुपमा चौतर्फी आक्रमण गरिएको छ ।

    सत्तामोह र शक्तीको दुरुपयोग गरेर अकुत सम्पत्ती आर्जन गर्न बानी परेका समुहको पोल्टाबाट खोसेर जवरजस्त युवा पुस्तामा पु¥याइएको कांग्रेस नेतृत्वलाई पुनः कव्जा गर्न देउवा समुह निर्वाचन आयोगदेखि अदालतसम्म अनेक हर्कत गर्न तल्लिन रहेका छन । विगतमा धेरै युद्धहरू जितेको कांग्रेसले आज आफ्नै ‘अहंकार र अन्तरकलह’ सँग भने हार्दै आएको छ । यो हारबाट शिक्षा लिदै कांग्रेसले समयानुकुल ‘सांगठनिक पुर्नसंरचना’ नगर्ने हो भने, कांग्रेसको अस्तित्व इतिहासको पानामामात्र सिमित रहने छ, भने जनताको मनबाट सदाको लागी मेटिने अबस्था सहजै अनुमान गर्न सकिन्छ । निर्वाचनको औपचारिक नतिजा आउन नपाउँदै कांग्रेसभित्र सुरु भएको ‘राजिनामाको राजनीति’ ले पार्टीमा समधानको साटो एउटा गम्भीर समस्या सृजनना गर्न खोजीएको सहजै बुझ्न सकिन्छ ।

    फागुन २१ को पराजयपछि शेरबहादुर देउवा समूहले सभापति थापाको राजिनामा माग्न देखाएको हतारो केवल नैतिक प्रश्न मात्र नभई यो एउटा सुनियोजित ‘राजनीतिक प्रतिशोध’ र ‘पुनरागमनको रणनीति’ पुरा गर्ने उदेश्य हो । जसको पुष्टी राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले दिएको अभिव्यक्तीबाट छर्लङ्ग भएको छ । पुर्वसभापति देउवाका अनुयायीहरुले गगनको राजिनामा माग्नुको मुख्य उद्देश्य नै आफ्नो पक्षबाट भएको अन्तर्घातको मुद्दालाई ढाकछोप गरेर पुनः पार्टी कव्जामा लिने रणनीति देखिन्छ । तत्कालिन संस्थापन पक्षको इच्छाविपरीत ‘विशेष महाधिवेशन’ बाट सभापति निर्वाचित भएका थापामाथी नै निर्वाचन पराजयको दोष थोपरेर राजिनामा माग्नु भनेको विशेष महाधिवेशनले दिएको परिवर्तनलाई अस्वीकार गरेको बुभ्mन सकिन्छ ।

    पार्टीको विधि विधानभन्दा बाहिर बसेर फरक दलका नेता तथा कार्यकर्ताहरुको साँठगाँठमा आफ्नै दलका उम्मेदवारहरुलाई हराउन भुमीका खेल्ने अनैतिक कथित नेतृत्वले एउटा निडर र साहसिक नेतृत्व दिई रहेका सभापति थापाको नैतिकतामा प्रश्न उठाउनु आफैमा हास्यस्पद कुरा हो । पार्टीलाई लामो समयदेखि आप्mनो नीजि सम्पत्तीको रुपमा कव्जा गर्दै आई रहेको समुह न समयानुकुल सक्षम नेतृत्व दिन सफल भयो, न नयाँ नेतृत्वलाई स्वीकार्न नै तयार छ ।

    सत्तामोह र शक्तीको दुरुपयोग गरेर अकुत सम्पत्ती आर्जन गर्न बानी परेका समुहको पोल्टाबाट खोसेर जवरजस्त युवा पुस्तामा पुर्याइएको कांग्रेस नेतृत्वलाई पुनः कव्जा गर्न देउवा समुह निर्वाचन आयोगदेखि अदालतसम्म अनेक हर्कत गर्न तल्लिन रहेका छन । विगतमा धेरै युद्धहरू जितेको कांग्रेसले आज आफ्नै ‘अहंकार र अन्तरकलह’ सँग भने हार्दै आएको छ । यो हारबाट शिक्षा लिदै कांग्रेसले समयानुकुल ‘सांगठनिक पुर्नसंरचना’ नगर्ने हो भने, कांग्रेसको अस्तित्व इतिहासको पानामामात्र सिमित रहने छ, भने जनताको मनबाट सदाको लागी मेटिने अबस्था सहजै अनुमान गर्न सकिन्छ ।

    कांग्रेसलाई नयाँ र आम कार्यकर्ता हुँदै समयसापेक्ष नयाँ शिराबाट अघि बढ्नु पर्ने अबस्थामा निर्वाचनको नतिजालाई हेरेर मात्रै पार्टी सभापति थापाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिनु पर्ने माग नै सुनियोजित देखिन्छ । सभापति थापाले राजीनामा दिने मनस्थिति बनाएको भन्ने खबरले जिम्मेवारीबोध त अवश्य देखाउँछ । तर, यसले आम कांग्रेसका वफादार कार्यकर्ता र समर्थकहरूलाई निकै दुःखी बनाएको छ । अहिले अनपेक्षित निर्वाचन परिणामलाई लिएर पदबाट राजीनामा माग्नु र यस्ता कठिन घडीमा नेतृत्वको धैर्य, साहस र दृढता कमजोर बनाउनु उचित होईन । त्यसैले गगन–विश्वलाई जिम्मेवारबाट पन्छिने छुट छैन ।

    अबको बाटो भनेको संसदमा सशक्त र स्पष्ट रूपमा प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्ने व्यक्तिलाई संसदीय दलको नेता बनाएर अघि बढ्नु पहिलो काम हो, भने दोस्रो समग्र पार्टीको शुद्धीकरण गर्दै नियमित महाधिवेशनतर्फ अघि बढ्नु आवश्यक देखिन्छ । महाधिवेशनमा जाँदा पार्टीभित्रका सबै पक्षहरूको सूक्ष्म विश्लेषण अत्यन्त आवश्यक छ । गगन–विश्वको नेतृत्वले पार्टी शुद्धीकरणको बाटोमा लागी महाधिबेशन सम्पन्न गरेर ‘बदलिएको कांग्रेसमा बदलिएका नेता’ भन्ने सन्देश प्रभाव गर्न सफल हुनु पर्छ । जसलाई पुरा गर्न क्रियाशील कार्यकर्ता छनोटदेखि पार्टी शुद्धीकरण कार्य तत्कालै सुरु गर्नु आजको आवश्यकता रहेको छ ।

    संगठनलाई बलियो बनाउँदै, सच्चा कार्यकर्ताको सम्मान गर्दै र कमजोर पक्षहरूलाई सुधार गर्दै अघि बढ्नु नै पार्टीको सही दिशा हुनेछ । समय चुनौतीपूर्ण छ, तर यही चुनौतीलाई अवसरमा बदल्ने क्षमता थापा–शर्मा नेतृत्वमा हुनुपर्छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ