Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन


ग्लोबल पाना
बुधबार, माघ १८ २०७९
  • 296
    SHARES

  • images
    राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। सिन्धुलीका युवराज पौडेल सफलले बुधबार निर्वाचन आयोगमा रवि लामिछाने नेतृत्वको उक्त पार्टी खारेज गर्न माग गर्दै निवेदन दिएका हुन्।

    images
    images
    images

    यो पार्टी निर्वाचन आयोगमा २०७९ असार १७ गते दर्ता भएको थियो। सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले माघ १३ गते अनागरिक भएको ठहर गरेको, निजले दल दर्ता गर्दा एवं सांसदको उम्मेदवार बन्दा पेश गरेको नागरिकता कानुनतः अवैधानिक रहेकोले सोही अवैधानिक नागरिकता पेश गरी रवि लामिछानेको अध्यक्षतामा बैठक बसी दल खोल्ने गरेको निर्णय, निजले गरेको हस्ताक्षर समेत अवैधानिक भएको उजुरीमा लेखिएको छ।

    राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २१ मा राजनीतिक दलले गर्न नहुने काम सम्बन्धी उल्लेख छ। जसमा राष्ट्रविरुद्ध जासुसी गर्ने गराउने र राष्ट्रिय गोपनीयता भंग गर्ने सम्बन्धी व्यवस्था छ। 

    रवि लामिछाने उपप्रधानसहित गृह मन्त्री भइसकेको तर संविधान अनुसार यो पद नागरिक भइसकेपछि मात्रै प्राप्त हुने भएकाले त्यसअघि नै अनागरिक रहेको अवस्था रविले राष्ट्रिय गोपनीयता भंग हुने कार्य भएको आरोप युवराजले लगाएका छन्। 

    राष्ट्रिय हितभन्दा बाहिर गई यस्ता कार्य भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी खारेज हुनु पर्ने उजुरीमा जिकिर गरिएको छ। यसअघि सर्वोच्च अदालतमा पनि युवराजले नै रिट दायर गरेका थिए। उनको रिट जारी गर्दै सर्वोच्चले रवि लामिछाने अनागरिक रहेको ठहर गरेको थियो।यसअघि उनले अध्यागमन विभाग र प्रहरी परिसर काठमाडौंमा पनि रविलाई कारबाही गर्न माग गर्दै निवेदन दिएका थिए। तर दुवै निकायले निवेदन दर्ता गर्न अस्वीकार गरेका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ