Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

तेजस्वी कप बास्केटबलमा ४८ टिम


ग्लोबल पाना
मंगलबार, जेठ १२ २०८३
  • 260
    SHARES

  • images
    तेजस्वी कप बास्केटबलमा ४८ टिम

    काठमाडौं । तेजस्वी एकेडेमीको आयोजनामा दोश्रो तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगतामा विभिन्न ३६ विद्यालयका ४८ टिमको सहभागिता रहने तेजस्वीका प्रिन्सिपल थिरबहादुर बस्नेतले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ब्वाइजमा ३१ तथा गल्र्समा १७ टिम सहभाग िहुने छन् । ब्वाइजलाई ८ तथा गल्र्सलाई ४ समूह विभाजन गरी लिग कम नकआउट अधारमा खेलाइने तेजस्वीका बास्केटबल प्रशिक्षक दिपेश कार्कीले जनाएका छन् ।

    images
    images
    images

    ब्वाइजको प्रत्येक समूहको विजेता र उपविजेता प्रिक्वाटरफाइनलमा प्रवेश गर्ने छन् । गल्र्सको समूह विजेता र उपविजेता क्वाटरफाइनलमा पुग्ने छन् । ब्वाइजमा एन्जल्स हार्ट तथा गल्र्समा केभीकेएसएस डिफेन्डिङ च्याम्पियन हुन् ।

    खेलहरु तार्केश्वर नगरपालिकाको थापा गाउँस्थित आयोजकको आफ्नै कोर्टमा खेलाइने छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ