Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

टिक्मो–आइएमई रेमिट्यान्स योजना : साउदीबाट पैसा पठाउँदा अभिषेकले पाए बीवाईडी अटो १ ईभी कार


ग्लोबल पाना
बिहीबार , साउन ७ २०८३
  • 554
    SHARES

  • images
    टिक्मो–आइएमई रेमिट्यान्स योजना : साउदीबाट पैसा पठाउँदा अभिषेकले पाए बीवाईडी अटो १ ईभी कार

    काठमाडौं । साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा विराटनगरका अभिषेक कालाखेतीले वीवाइडी अटो १ ईभी कार जितेका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले भाग्यशाली विजेता अभिषेक कालाखेतीकी श्रीमती कल्पना कालाखेतीलाई कारको साँचो हस्तान्तरण गर्नुभएको हो ।

    images
    images
    images

    कार हस्तान्तरण कार्यक्रममा बोल्दै आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले विदेशबाट पैसा पठाउँदा स्वदेशको अर्थतन्त्रमा सकारात्मक प्रभाव मात्रै नभएर यसले नेपालमा बस्ने हरेक परिवारमा खुसीको दिगो प्रभाव छाडेको बताउनुभयो। उहाँले विदेशमा काम गर्ने व्यक्तिले देखेको सपना पूरा गर्न आइएमई र टिक्मोका यस्ता योजनाहरू केवल सेवा प्रदान गर्नमा मात्रै सीमित नभई परिश्रम गर्ने हरेक युवाहरूको सपना साकार पार्न पनि उत्तिकै प्रभावकारी भएको उल्लेख गर्नुभयो.।

    कार्यक्रममा बोल्दै आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले विश्व श्रम बजारमा हरेक क्षेत्रमा रहेका युवाहरूको सपनालाई साकार पार्न आइएमई सदैव अग्रसर रहेको बताउनुभयो। विदेशमा रहेर काम गर्दै गर्दा उनीहरूको विश्वास र भरोसालाई सेवाका रूपमा उनीहरूका परिवारसम्म पुर्‍याउन आइएमईले अतुलनीय भूमिका निभाएको समेत बताउनुभयो ।

    आइएमई लिमिटेड र टिक्मोको संयुक्त आयोजनामा सञ्चालन गरिएको साउदीबाट टिक्मो मार्फत आइएमई गरौँ, उपहार जितौँ योजना २०८२ पुस २१ देखि २०८३ असार १६ गते सम्म सफलतापूर्वक सञ्चालन भएको थियो । यस योजनाको मुख्य उद्देश्य साउदी अरेबियामा रहेका नेपाली युवाहरूलाई टिक्मो मार्फत नेपालमा सुरक्षित, छिटो र भरपर्दो रूपमा डिजिटल रेमिटेन्स पठाउन प्रोत्साहित गर्नुका साथै सेवाग्राहीहरूलाई आकर्षक पुरस्कार प्रदान गर्नु रहेको थियो ।

    यस अभियानअन्तर्गत ५ जनवरीदेखि ३१ मार्च २०२६ सम्मको अवधिमा १२ जना भाग्यशाली सेवाग्राहीले आइफोन १७ तथा २ जनाले इलेक्ट्रिक स्कुटर पुरस्कार प्राप्त गरेका थिए। त्यसैगरी, ५ अप्रिलदेखि ३० जुन २०२६ सम्म सञ्चालन गरिएको दोस्रो चरणमा हरेक हप्ता ५ जना सेवाग्राहीले रु. १०,००० नगद पुरस्कार प्राप्त गरेका थिए.।

    साथै, बम्पर उपहारअन्तर्गत एक जना भाग्यशाली विजेताले वीवाइडी अटो १ गाडी जित्न सफल हुनुभएको हो । आइएमई र टिक्मोको सहकार्यमा नयाँ योजना सार्वजनिक आइएमई र टिक्मोको सहकार्यलाई अझ सुदृढ बनाउँदै आजैदेखि अर्को आकर्षक नयाँ योजना पनि सार्वजनिक भएको छ। जसमा १७ साउन २०८३ देखि १४ कात्तिक २०८३ सम्म साउदी अरेबियाबाट टिक्मो मार्फत नेपाल पैसा पठाउने सेवाग्राहीहरूमध्ये हरेक हप्ता २ जना भाग्यशाली विजेताले आफूले पठाएको रकमको २ गुणासम्म पुरस्कार प्राप्त गर्न सक्नेछन्  ।

    हरेक महिना २ जना विजेताले आफूले पठाएको रकमको ३ गुणासम्म पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन् भने बम्पर योजनाअन्तर्गत २ जना भाग्यशाली विजेताले आफूले पठाएको रकमको ५ गुणासम्म पुरस्कार प्राप्त गर्ने सुनौलो अवसर प्राप्त गर्न सक्नेछन् । यो नयाँ अभियानले साउदी अरेबियामा रहेका हरेक नेपाली समुदायलाई अझ बढी सुरक्षित र औपचारिक माध्यमबाट डिजिटल रेमिटेन्स पठाउन प्रेरित गर्नेछ, साथै आइएमई र टिक्मोबीचको सफल सहकार्यलाई थप मजबुत बनाउन मद्दत पुग्ने आइएमईको विश्वास रहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ