Oct 22 2026 | २०८३, कात्तिक ६गते

images
ताजा अपडेट

images
images
images

जलविद्युत व्यवसायी तथा समाजसेवी दिनेश गुरुङद्वारा भोटेकोशी बाढीपीडितलाई २५ लाख सहयोग


ग्लोबल पाना
मंगलबार, भदौ १६ २०८३
  • 229
    SHARES

  • images
    जलविद्युत व्यवसायी तथा समाजसेवी दिनेश गुरुङद्वारा भोटेकोशी बाढीपीडितलाई २५ लाख सहयोग

    काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि जलविद्युत व्यवसायी तथा समाजसेवी दिनेश गुरुङले रु. २५ लाख सहयोग गरेका छन् ।

    images
    images
    images

    गुरुङले आफ्ना दुई कम्पनी रिभर फल्स पावर लिमिटेडमार्फत रु. १० लाख र त्रिशूली क्यास्केड पावर प्रालिमार्फत रु. १५ लाख गरी कुल रु. २५ लाख प्रधानमन्त्री विपद् राहत कोषमा हस्तान्तरण गरेका हुन् । विपद्को कठिन घडीमा बाढीपीडित परिवारलाई राहत तथा सहयोग पुर्‍याउने उद्देश्यले गरिएको यो योगदानले सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको उदाहरण प्रस्तुत गरेको छ ।

    गुरुङले विपद्को समयमा सबै एकजुट भएर पीडितको साथमा उभिनु नै हाम्रो नैतिक दायित्व भएको बताउँदै, सहयोगले प्रभावित परिवारमा आशा फर्काउन सक्ने विश्वास व्यक्त गरेका छन् । धनको मात्र होइन, मनको पनि धनी बन्नुपर्छ भन्ने उदाहरण बनेको यो सहयोग प्रशंसनीय छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ