Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

भोटेकोशी बाढी उद्धारमा टोखाको पुनः सहयोग, नगरप्रमुख अधिकारीद्वारा उद्धार सामग्री हस्तान्तरण


ग्लोबल पाना
आइतबार, भदौ २१ २०८३
  • 254
    SHARES

  • images
    भोटेकोशी बाढी उद्धारमा टोखाको पुनः सहयोग, नगरप्रमुख अधिकारीद्वारा उद्धार सामग्री हस्तान्तरण

    काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीलाई टोखा नगरपालिकाले आवश्यक उद्धार सामग्री सहयोग गरेको छ । आइतबार, २०८३/०५/२१ गते टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले सशस्त्र प्रहरी बल नेपाल, १८ नं. गण बाघभैरवलाई विभिन्न अत्यावश्यक उद्धार सामग्री हस्तान्तरण गरेका हुन् ।

    images
    images
    images

    नगरपालिकाले उद्धार कार्यमा प्रयोग हुने डोरी, रेस्क्यु ब्याक बोर्ड, लाइफ बुय, पुली लगायतका सामग्री उपलब्ध गराएको हो । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन उद्धारमा खटिने सुरक्षाकर्मीलाई आवश्यक सामग्री सहयोग गरिएको नगरपालिकाले जनाएको छ ।

    नगरपालिकाले विपद्का बेला मानवीय सेवामा खटिने सुरक्षाकर्मी तथा उद्धारकर्मीलाई आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ