काठमाडौं । विपद्को समयमा विभाजनभन्दा सहकार्य र एकता आवश्यक रहेको भन्दै हिमालयन दरबार प्रा.लि.ले बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्ने भएको छ । हिमालयन दरबारले आफ्नो एक हप्तासम्मको बिक्रीबाट १५ प्रतिशत रकम बाढीपीडितको सहयोगमा उपलब्ध गराउने निर्णय गरेको हो । आर्थिक मन्दीका कारण लगानीका लागि प्रतिकूल अवस्था रहे पनि बाढीबाट प्रभावित नागरिकको पीडालाई मध्यनजर गर्दै सहयोगको निर्णय गरिएको हिमालयन दरबारले जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि वाग्मती प्रदेशका माननीय मन्त्री ज्ञान ब. तामाङले विपद्को समयमा सबै राजनीतिक दल, क्षेत्र र प्रदेशभन्दा माथि उठेर एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विपद्को समयमा विभाजन होइन, सहकार्य आवश्यक छ । बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबै राजनीतिक दल, क्षेत्र र प्रदेशभन्दा माथि उठेर एकजुट भई पीडित नागरिकको साथमा उभिनुपर्छ । नेपालीको दुःखमा नेपाली नै एक भएर साथ दिनुपर्छ ।”
कार्यक्रममा वरिष्ठ पत्रकार नवराज धामीले बाढीबाट प्रभावित क्षेत्रमा आफूहरूसँगै काम गर्ने साथीहरू प्रत्यक्ष फिल्डमा खटिएर उद्धार तथा राहतका लागि सक्रिय रहेको उल्लेख गर्दै भावुक हुनुभएको थियो । उहाँले बाढीपीडितको अवस्था अत्यन्तै पीडादायी रहेको भन्दै यस्तो कठिन समयमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले “हाम्रा साथीहरू बाढीपीडित भएको ठाउँमा फिल्डमै खटिनुभएको छ” भन्दै विपद्को पीडामा साथ दिन सबैलाई आग्रह गर्नुभएको थियो ।
हिमालयन दरबारमा उपलब्ध नेपाली मौलिक परिकारबारे जानकारी दिँदै अपरेसन म्यानेजर सन्तोष खतीवडाले थकाली खाना, आगोमा पोलेको सेकुवा, लोकल कुखुराको मासु, बाख्राको मासु, आगोमा पोलेको माछालगायत विभिन्न नेपाली परिकार उपलब्ध रहेको जानकारी दिनुभयो । त्यस्तै नेवारी परिकार, मल्टी कुजिन तथा हिमालयन बारसमेत सञ्चालनमा रहेको उहाँले बताउनुभयो ।
यसैगरी, भाटभटेनी सुपरमार्केटसँगको सहकार्यमा भाटभटेनीमा सपिङ गर्ने ग्राहक तथा कर्मचारीका लागि विशेष छुटको व्यवस्था गरिएको हिमालयन दरबारले जनाएको छ । हिमालयन दरबारका अध्यक्ष दुर्गा योजनजले आगामी दिनमा ग्राहकका विभिन्न इच्छा तथा चाहनालाई मध्यनजर गर्दै सेवा सुविधालाई अझ परिस्कृत र परिमार्जन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
.gif)






.jpeg)
