काठमाडौं । बङ्गलादेशमा भएको साफ यू-२० महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल आयोजक बङ्गलादेशसँग पराजित हुँदै उपविजेता बनेको छ ।
ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा आज भएको फाइनल खेलमा नेपाल बङ्गलादेशसँग ३-० गोल अन्तरले पराजित हुँदै प्रतियोगितामा उपविजेता बनेको हो ।
बङ्गलादेश भने प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बन्न सफल भयो । बङ्गलादेशको जितमा शाहिदा अक्टर रिपा, शामसुनाहर जुनियर र उन्नोती खातुनले समान एक एक गोल गरे । राउण्ड रोबिनको आधारमा भएको उक्त प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन् ।
प्रतियोगितामा विभिन्न चार राष्ट्र सहभागी थिए । प्रतियोगितामा भुटान र भारत भने यसअघि नै बाहिरिएको थियो । यसअघि भएको लिग चरणको पहिलो खेलमा पनि नेपाल बङ्गलादेशसँग ३-१ ले पराजित भएको थियो ।
त्यस्तै नेपालले भुटानलाई ४-० र भारतलाई ३-१ गोलअन्तरले पराजित गरेको थियो । भारतसँग गोलरहित बराबर खेलेको बङ्गलादेशले भुटानलाई ५-० गोलअन्तरले पाखा लगाएको थियो ।
.gif)






.jpeg)
