Oct 22 2026 | २०८३, कात्तिक ६गते

images
ताजा अपडेट

images
images
images

रसुवा बाढीपीडितका लागि NAIMA को ५० लाख सहयोग


ग्लोबल पाना
मंगलबार, भदौ २३ २०८३
  • 169
    SHARES

  • images
    रसुवा बाढीपीडितका लागि NAIMA को ५० लाख सहयोग

    काठमाडौं । रसुवामा हालै आएको बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले ५० लाख रुपैयाँ सहयोग गरेको छ । NAIMA ले पूर्वनिर्णयअनुसार प्रदान गरेको उक्त सहयोग अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो ।

    images
    images
    images

    सहयोग हस्तान्तरण कार्यक्रममा NAIMA का बोर्ड सदस्य यमुना श्रेष्ठ र हेमन्त गोल्छा, Cimex Inc. (BYD) का प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ, NAIMA का कार्यकारी निर्देशक राजकुमार दुलाल, कार्यक्रम संयोजक ज्ञानु अधिकारी तथा NAIMA को डिजिटल एजेन्सी Digipal का तर्फबाट उत्सव कार्की सहभागी थिए । सहयोग हस्तान्तरणका क्रममा NAIMA अध्यक्ष वैद्यले सहयोग रकम तुलनात्मक रूपमा सानो भए पनि विपद्को समयमा प्रभावित समुदायप्रति ऐक्यबद्धता र साथ व्यक्त गर्नु यसको मुख्य उद्देश्य रहेको बताइन् ।

    उनले NAIMA का सदस्य कम्पनीसहित नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको तर्फबाट सहयोग गरिएको उल्लेख गर्दै संकट र विपद्का समयमा सरकार तथा प्रभावित समुदायसँगै उभिने प्रतिबद्धता व्यक्त गरिन् । “यो केवल आर्थिक सहयोग मात्र नभई कठिन समयमा हामी प्रभावित समुदायसँगै छौं भन्ने ऐक्यबद्धताको सन्देश पनि हो,” अध्यक्ष वैद्यले भनिन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ