धरान । धरानको पुतलीलाइनस्थित भाट–भटेनी सुपर स्टोर भोलि (भदौ २४ गते) बुधबारदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ । भाट–भटेनी सुपर मार्केट प्रा.लि.ले एक सूचना जारी गर्दै स्टोर भोलिदेखि नियमित रूपमा सञ्चालनमा आउने जानकारी दिएको हो । कम्पनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार स्टोरले दैनिक रूपमा ग्राहकलाई सेवा प्रदान गर्नेछ ।
ग्राहकको सुविधालाई ध्यानमा राख्दै स्टोरमा आधुनिक सुविधा र गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता कम्पनीले जनाएको छ । भाट–भटेनीले स्टोर पुनः सञ्चालनमा आउन लागेको अवसरमा ग्राहक, शुभेच्छुक तथा सरोकारवालाहरूले निरन्तर दिँदै आएको साथ, सहयोग र विश्वासप्रति आभार व्यक्त गरेको छ ।
कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले आगामी दिनमा समेत ग्राहक तथा शुभेच्छुकहरूको साथ र सहयोग निरन्तर रहने अपेक्षा व्यक्त गरेका छन् ।
.gif)






.jpeg)
