Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

सबै प्रकारका द्वन्द हिंसा विपत बाट बालबालिकालाई संरक्षण गर्न सरोकारवालाको जोड


ग्लोबल पाना
मंगलबार, भदौ ३० २०८३
  • 235
    SHARES

  • images
    सबै प्रकारका द्वन्द हिंसा  विपत बाट बालबालिकालाई संरक्षण गर्न सरोकारवालाको जोड

    काठमाडौं । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपको को आयोजनामा ६२ औँ राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा आयोजित सशस्त्र द्वन्द जेन्जी प्रदर्शन विपत तथा विभिन्न आन्दोलनको क्रममा मृत्यु भएका बालबालिका तथा किशोर किशोरीहरूको सम्झनामा शान्ति बालबालिका पार्क सिनामंगलमा दीप प्रज्वलन कार्यक्रम भएको हाे ।

    images
    images
    images

    बालबालिकाको क्षेत्रमा क्रियाशील विभिन्न नागरिक संघसंस्था सञ्जालहरूको सहभागितामा सम्पन्न कार्यक्रममा सिजपका अध्यक्ष तिलोत्तम पौडेलले बालबालिकाहरूको सुरक्षामा तिनै तहका सरकार संवेदनशील हुनुपर्ने कुरामा जोड दिनुभएको थियो । जस्तोसुकै आन्दोलन द्वन्द हिंसा विपदबाट सबैभन्दा पीडित र प्रभावित पर्ने वर्ग बालबालिका भएको हुनाले उनीहरूको सुरक्षामा लगानी नपुगेको पूर्व तयारीमा ध्यान नदिएको तर्फ इङ्कित गर्दै घटना हुनुभन्दा अगाडि नै घटना रोक्ने प्रकृतिका कार्यक्रमहरू सञ्चालन हुनेपर्ने कुरामा जोड दिनुभएको थियो ।

    कार्यक्रममा भोटे कोशी बाढीमा बेपत्ता परेका अभिभावकका बालबालिका हराइरहेका बालबालिका कुरिरहेका अभिभावक अरुलाई समेत राज्यले सम्बोधन गर्नुपर्ने बताउँदै यस्तो विपतमा बालविवाह बालश्रम बालबालिका बेचबिखन हुनसक्ने र गर्भवती सुत्केरी र अपाङ्गता भएका बालबालिकाको विशेष झनै जटिल हुने कुरा कार्यक्रममा सहभागीहरुले बताएका थिए ।

    कार्यक्रममा ज्ञानकुञ्ज बाल क्लबकी पूर्व उपाध्यक्ष आयुषा पाण्डे राष्ट्रिय बाल पैरवी परिषद्का कृष्ण शाह एटविन तथा समग्र बालबालिकाहरूको क्षेत्रमा क्रियाशील सञ्जालहरूको तर्फबाट बेनुमाया गुरुङ सिविनका कुमार भट्टराई गैरसरकारी संस्था महासङ्घका उपमहासचिव किरण थापा राष्ट्रिय बालअधिकार परिषद्का श्री राम अधिकारी र सिजपका राजु घिमिरेले राष्ट्रिय बाल दिवस बालबालिकाका सवालहरू का विषयमा बोल्नुभएको थियो ।

    सहभागी वक्ताहरूले बालअधिकारको संरक्षण र सम्बर्धन गर्न बाल संरक्षण प्रणालीलाई व्यवस्थित गर्न बेपत्ता बालबालिकाहरूको खोजी गर्न बालबालिका शान्ति पार्कलाई पुनर्निर्माण गर्न बालबालिका अभिभावक शिक्षक र जनप्रतिनिधिलाई समेत विपदग्रस्त क्षेत्रमा प्रभावकारी मनोविमर्श सेवा प्रदान गर्न भौतिक पूर्वाधारहरू निर्माण गरी वैकल्पिक व्यवस्था गरी बालबालिकाको शिक्षाको सुनिश्चित गर्न तिनै तहका सरकार हरूको बीचमा प्रभावकारी समन्वय गरी विपद जोखिम र विभिन्न परिस्थितिमा अप्ठ्यारोमा परेका बालबालिकाहरूको लागि साझा कार्यक्रम बनाउन जोड दिँदै बालबालिकाको लागि उच्चस्तरीय संयन्त्र वा राष्ट्रिय बाल अधिकार आयोग निर्माण गरी प्रभावकारी रूपमा काम गर्नुपर्ने कुरामा जोड दिँदै जलवायु शासन जलवायु परिवर्तन ले पारेको यो असरको क्षतिपूर्ति माग्नुपर्ने कुरामा जोड दिएका थिए। कार्यक्रममा झन्डै ६० जनाको सहभागिता रहेको थियो ।

    प्रत्येक वर्ष भाद्र २९ गते राष्ट्रिय बाल दिवसको दिन बालबालिका शान्ति पार्कमा दीप प्रज्वलन गर्ने प्रचलन रहँदै आएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # बालबालिका
  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ