Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

नेपाली क्रिकेट टोलीमा सन्दिप लामिछाने पनि सहभागिता


ग्लोबल पाना
शुक्रबार, माघ २७ २०७९
  • 248
    SHARES

  • images
    नेपाली क्रिकेट टोलीमा सन्दिप लामिछाने पनि सहभागिता

    काठमाडौं । आगमी १४-२१ फ्रेबुअरीमा हुने ‘नेपाल-नामिबिया-स्कटल्याण्ड थ्री सिरिज’मा नेपाली क्रिकेटका पुर्व कप्तान सन्दिप लामिछानेले पनि सहभागीता जनाउने भएका छन् । नाबालिग बालिका बलात्कारको आरोपमा मुदा खेपेर हालै थुनामुक्त भएका लामिछानेले रोहित पौडेलको कप्तानीमा ‘आईसीसी म्यान क्रिकेट वल्र्ड कप लिग-२’ मा सहभागिता जनाउन लागेको हुन ।

    images
    images
    images

    नेपाल क्रिकेट संघले बुधवार अबेर उक्त खेलमा सहभागी हुने खेलाडीको सुची सार्वजनिक गर्दा लामिछाने पनि समावेश गरेको हो । जसअनुसार कुशल भुर्तेलको कप्तानीमा सोमपाल कामी, करण केसी, आशिफ शेख, ललित राजबंशी, ज्ञानेन्द्र मल्ल, सन्दिप लामिछाने, कुशल मल्ल, गुल्शन झा, दिपेन्द्रसिह ऐरी, भिम सार्की, सन्दिप जोरा, सुर्य तामाङसहितको नेपाली टोली सार्वजनिक गरेको हो ।

    सार्वजनिक तालिका अनुसार नेपालले फागुन दुई र ६ मा नामिबिया तथा फागुन पाँच र ९ मा स्कटल्यान्डसँग खेल्नेछ । यसैगरी स्कटल्यान्ड र नामिबियाले फागुन तीन र आठमा प्रतिस्पर्धा गर्नेछन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ