Nov 04 2026 | २०८३, कात्तिक १८गते

images
ताजा अपडेट

images
images
images

बालकमाथि गोली प्रहार भएको घटनाको निष्पक्ष छानबिन तथा जवाफदेहिता सुनिश्चित गर्न माग


ग्लोबल पाना
आइतबार, कात्तिक १५ २०८३
  • 242
    SHARES

  • images
    बालकमाथि गोली प्रहार भएको घटनाको निष्पक्ष छानबिन तथा जवाफदेहिता सुनिश्चित गर्न माग

    काठमाडौं । बारा जिल्लाको फेटा गाउँपालिका–३ मा अस्पताल उद्घाटनका क्रममा भएको झडपमा बिभिन्न समाचार श्रोतका अनुसार प्रहरीको गोली लागेर बालक घाइते भएको घटनाप्रति बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) को गम्भीर ध्यानाकर्षण भएको छ । राज्यका सुरक्षा निकायबाट नागरिकको सुरक्षा सुनिश्चित हुनुपर्नेमा सुरक्षाकर्मीको गोली लागेर बालक घाइते हुनु अत्यन्त गम्भीर, दुःखद र चिन्ताजनक विषय हो। बालबालिका कुनै पनि राजनीतिक विवाद, प्रदर्शन, झडप वा हिंसात्मक गतिविधिको मारमा पर्नु हुँदैन ।

    images
    images
    images

    बालबालिकाको जीवन, सुरक्षा, सम्मान र संरक्षणको अधिकार संविधान, बालबालिकासम्बन्धी ऐन, २०७५ तथा बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिले सुनिश्चित गरेका अधिकार हुन् । यस घटनाले सार्वजनिक कार्यक्रम तथा सुरक्षा व्यवस्थापनमा बालबालिकाको सुरक्षा र संवेदनशीलतालाई पर्याप्त प्राथमिकता दिइएको छ कि छैन भन्ने गम्भीर प्रश्न उठाएको छ ।

    यस सन्दर्भमा सिजप नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय बाल अधिकार परिषद् तथा सम्बन्धित निकायसमक्ष निम्न माग गर्दछ:

    १. घटनाको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गरी गोली प्रहार तथा घटनामा जिम्मेवार व्यक्तिहरूको पहिचान गर्दै दोषीलाई प्रचलित कानुनबमोजिम कारबाही गरी पीडित बालकले न्याय पाउने सुनिश्चितता गरियोस् ।

    २. घाइते बालकको सम्पूर्ण उपचार, मनोसामाजिक परामर्श तथा दीर्घकालीन पुनर्स्थापनाको व्यवस्था निःशुल्क गरिनुका साथै बालक र उनको परिवारलाई आवश्यक सहयोग तथा उचित क्षतिपूर्ति उपलब्ध गराइयोस् ।

    ३. घटनाको अनुसन्धान तथा न्यायिक प्रक्रियामा बालमैत्री पद्धति अपनाई बालकको गोपनीयता, मर्यादा र सर्वोत्तम हित सुनिश्चित गरियोस् ।

    ४. सार्वजनिक कार्यक्रम तथा भीड नियन्त्रणका क्रममा बालबालिकाको सुरक्षालाई प्राथमिकता दिई बल प्रयोगसम्बन्धी मापदण्डको पालना गरियोस् ।

    ५. राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय बाल अधिकार परिषद् तथा अन्य निकायहरूबाट घटनाको तत्काल अनुगमन गरी बालबालिकाको संरक्षणको लागि आवश्यक पहल गरियोस् ।

    ६. राजनीतिक दल, स्थानीय सरकार, प्रशासन तथा सुरक्षा निकायबाट आफ्ना गतिविधिमा बालबालिकाको सर्वोत्तम हित र सुरक्षालाई प्राथमिकता दिई उनीहरूलाई कुनै पनि प्रकारको हिंसा, द्वन्द्व र जोखिमबाट सुरक्षित राख्ने प्रतिबद्धता सुनिश्चित गरियोस् ।

    बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) राज्यका प्रत्येक जिम्मेवारी निकायलाई बालबालिकाको जीवन, सुरक्षा र सम्मानको अधिकार सुनिश्चित गर्न पूर्ण जवाफदेही बन्न आग्रह गर्दछ। बालबालिकाको जीवन अमूल्य छ र उनीहरूमाथि हुने कुनै पनि प्रकारको हिंसा, लापरबाही तथा अधिकार उल्लङ्घन कदापि स्वीकार्य हुन सक्दैन। बालबालिका शान्ति क्षेत्र हुन् र उनीहरूलाई हिंसा, द्वन्द्व र असुरक्षाबाट मुक्त राखौँ ।

    IMG-20261101-WA0058.jpg

    images

  • सम्बन्धित विषय:

  • # बालबालिका
  • प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ