Nov 04 2026 | २०८३, कात्तिक १८गते

images
ताजा अपडेट

images
images
images

सरोज बिरही कार्कीको सिर्जनामा ‘झिलीमिली देउसी भैलो’, चर्चित कलाकारको सामूहिक स्वर


ग्लोबल पाना
मंगलबार, कात्तिक १७ २०८३
  • 562
    SHARES

  • images
    सरोज बिरही कार्कीको सिर्जनामा ‘झिलीमिली देउसी भैलो’, चर्चित कलाकारको सामूहिक स्वर

    काठमाडौं । तिहारको सांस्कृतिक रौनक र मौलिक परम्परालाई सांगीतिक रूपमा प्रस्तुत गर्दै सर्जक तथा संगीतकार सरोज बिरही कार्कीको सिर्जनामा नयाँ देउसी भैलो गीत ‘झिलीमिली देउसी भैलो’ सार्वजनिक भएको छ । सरोजको शब्द, संगीत तथा एरेञ्ज रहेको गीतले तिहारको माहोललाई थप उल्लासमय बनाउने अपेक्षा गरिएको छ ।

    images
    images
    images

    नेपाली मौलिक संस्कृति, देउसी भैलोको परम्परा, पारिवारिक आत्मीयता र चाडपर्वको उमंगलाई समेटेर तयार पारिएको गीतमा सरोज बिरही कार्कीसहित अमृता लुंगेली मगर, राजु परियार, घमेश दुलाल, सीता थापा र राधिका हमालको स्वर रहेको छ । चर्चित गायक–गायिकाको सामूहिक स्वरले गीतलाई थप आकर्षक बनाएको छ ।

    शब्द, संगीत र एरेञ्ज तीनै पक्षको जिम्मेवारी सम्हालेका सरोज बिरही कार्की नेपाली लोकसंगीत क्षेत्रमा सक्रिय सर्जक हुन् । आफ्नै सिर्जनामार्फत नेपाली मौलिकता र चाडपर्वको सांस्कृतिक महत्त्वलाई गीतसंगीतमा उतार्ने प्रयासस्वरूप उनले ‘झिलीमिली देउसी भैलो’ तयार पारेका हुन् । गीतमा स्वर दिएकी अमृता लुंगेली मगर नेपाली सांगीतिक क्षेत्रमा दुई दशकदेखि सक्रिय छन् । उनका ‘साली भेना’, ‘देउसी भैलो’, ‘बाच्छी कहाँ हरायो’, ‘जो धेरै नाच्छ उ धेरै बाँच्छ’, ‘सरर प्लेनमा आए’ र ‘के होला शुभ नाम’ लगायतका गीत चर्चामा छन् । हाल अमेरिकालाई कर्मथलो बनाउँदै आएकी अमृताले विदेशमा रहेर पनि नेपाली गीतसंगीतलाई निरन्तरता दिँदै आएकी छन् ।

    ‘झिलीमिली देउसी भैलो’को भिडियो खगेन्द्र गिरीले निर्देशन गरेका हुन् । केशव विश्वकर्माको छायांकन र कल्पेश विश्वकर्माको सम्पादन रहेको भिडियोमा पीएन सापकोटा, सम्झना लामिछाने मगर र अमिस उपरकोटीले अभिनय गरेका छन् । गीत अमृता लुंगेली मगरको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । सरोज बिरही कार्कीको शब्द, संगीत र एरेञ्जमा तयार भएको यस गीतले तिहारको मौलिक परम्परा र नेपाली सांगीतिक पहिचानलाई थप उजागर गर्ने विश्वास गरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ