Nov 04 2026 | २०८३, कात्तिक १८गते

images
ताजा अपडेट

images
images
images

विकासका लागि सरकारी र निजी लगानी प्रतिस्पर्धी होइन, परिपूरक हुनुपर्छ : उपाध्यक्ष भट्ट


ग्लोबल पाना
मंगलबार, कात्तिक १७ २०८३
  • 98
    SHARES

  • images
    विकासका लागि सरकारी र निजी लगानी प्रतिस्पर्धी होइन, परिपूरक हुनुपर्छ : उपाध्यक्ष भट्ट

    काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले मुलुकको विकासका लागि सार्वजनिक र निजी क्षेत्रको लगानी प्रतिस्पर्धीभन्दा पनि परिपूरक हुनुपर्ने बताउनुभयाे । मंगलबार काठमाडौंमा आयोजित ‘योजनादेखि समृद्धिसम्म : संघीय नेपालमा सार्वजनिक लगानी व्यवस्थापनको सुदृढीकरण’ कार्यक्रममा बोल्दै उहाँले विकासका सम्भावना भएका क्षेत्रको पहिचान गरी निजी क्षेत्रको लगानीलाई केन्द्रित गर्नुपर्ने बताउनुभयाे । उहाँले विगतमा विकास क्षेत्रका रूपमा पहिचान गरिएका स्थानमा आर्थिक गतिविधि विस्तार भएको उल्लेख गर्दै निजी क्षेत्रको लगानी र सरकारी लगानीलाई एकअर्काको सहयोगीका रूपमा अघि बढाउनुपर्ने बताउनुभयाे ।

    images
    images
    images

    धनगढी विमानस्थलको उदाहरण दिँदै उहाँले निजी क्षेत्रको सहयोगमा विमानस्थल स्तरोन्नति तथा रातिको समयमा समेत विमान सञ्चालन गर्न सकिएको बताउनु भयाे । उहाँले भन्नुभयाे ‘त्यो धनगढी विमानस्थललाई अपग्रेड गर्ने काममा प्राइभेट सेक्टरको साह्रै ठूलो भूमिका छ । प्राइभेट सेक्टरले चन्दा उठाएर धनगढी विमानस्थल अपग्रेड गर्यो । सरकारले केही सहयोग गर्‍यो र त्यो राति विमान चल्ने बनाउनमा निजी क्षेत्रको ठूलो भूमिका छ । त्यसैले निजी क्षेत्रको लगानी र सरकारको लगानी कम्पिटिटिभभन्दा पनि कम्प्लिमेन्ट्री हिसाबबाट जानुपर्ने मैले देखेको छु ।’

    भट्टले नेपालको विकास निश्चित क्षेत्र र स्थानमा मात्रै केन्द्रित हुँदै गएको भन्दै त्यसलाई विकेन्द्रीकरण गर्नुपर्ने आवश्यकता औँल्याउनु भयाे । एउटै नदीमा धेरै जलविद्युत् आयोजना निर्माण हुँदा प्राकृतिक विपद्का समयमा ठूलो क्षति हुन सक्ने उहाँको भनाइ थियो । भोटेकोशीमा आएको बाढीका कारण जलविद्युत् आयोजनामा भएको क्षतिको उदाहरण दिँदै उहाँले विकासका परियोजना निर्माण गर्दा वातावरणीय जोखिम र विपद्को सम्भावनालाई समेत ध्यान दिनुपर्ने बताउनु भयाे ।

    उहाँले भन्नुभयाे, ‘पछिल्लो भोटेकोशी बाढी आयो, त्यसले सबैभन्दा बढी हाइड्रोपावरमा क्षति देखिएको छ । एउटै नदीमा १३, १४ वटा हाइड्रोपावर हुँदा कुनै विपद् आउँदा क्षति अचम्मको हुँदो रहेछ भन्ने देखिन्छ ।’ सार्वजनिक लगानी गर्दा आर्थिक तथा सामाजिक प्रतिफलसँगै लगानीको प्रभावकारितालाई पनि प्राथमिकता दिनुपर्ने उहाँले बताउनु भयाे । सरकारले बजार असफल भएको अवस्थामा हस्तक्षेप गर्नुपर्ने उल्लेख गर्दै उहाँले सार्वजनिक लगानीको वितरण र उपयोग प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयाे । 

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार