Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

करण र रोहितको उत्कृष्ट साझेदारीमा नेपालको रोमाञ्चक जित


ग्लोबल पाना
मंगलबार, फागुन ९ २०७९
  • 422
    SHARES

  • images
    करण र रोहितको उत्कृष्ट साझेदारीमा नेपालको रोमाञ्चक जित

    काठमाडौं । घरेलु मैदानमा सम्पन्न आइसीसी विश्वकप लिग २ अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिज नेपालले क्लीन स्वीप गरेको छ। मंगलबार भएको अन्तिम खेलमा लिग २ च्याम्पियन स्कटल्यान्डमथि २ विकेटको रोमाञ्चक जित निकाल्दै कीर्तिमानी जितका साथ सिरिज क्लीन स्वीप गरेको हो। नेपालले लिग २ को सिरिजमा पहिलो पटक चारै खेलमा जित निकालेको हो। स्कटल्यान्डलाई एकै सिरिजका दुवै खेलमा हराउने नेपाल एक्लो टोली हो।

    images
    images
    images

    स्कटल्यान्डले दिएको २१३ रनको सामान्य लक्ष्य नेपालले ३५ बल अगावै ८ विकेटको क्षतिमा भेट्टायो। एक समय ३१.५ ओभरमा ८-१३८ को संकटपूणर् अवस्थामा रहेको नेपाललाई नवौँ विकेटका लागि कप्तान रोहित पौडेल र करण केसीले ७५ रनको साझेदारी गर्दै रोमाञ्चक जित दिलाएका हुन्। कप्तान रोहित ९५ र करण ३१ रनमा नटआउट रहे। रोहितले १०१ बलमा ७ चौका र ४ छक्का हाने। करणले ३७ बलमा २ चौका र १ छक्का हाने। एक समय जितको आशा मारिसकेको नेपालका लागि छैटौँ विकेटका लागि रोहित र दिपेन्द्र सिंह ऐरिले ४२ रनको साझेदारी गर्दै नेपालको इनिङ्स सम्हाल्नेका थिए। दिपेन्द्र २३.५ ओभरमा ७ रनमा आउट भए।

    ज्ञानेन्द्र मल्ल २१ रनमा मार्क वाटको बलमा एलबीडब्लु धरापमा परे। कुशल मल्ल १७ रनमा क्रिस ग्रिभ्सको बलमा बोल्डआउट भए। आशिफ शेख १२ रनमा आउट भए। २६.४ ओभरमा नेपाल नेपाल ७-१४ को संकटपुणर् अवस्थामा थियो। सन्दीप लामिछानेले ९ रन बनाउँदै आउट भए। स्कटल्यान्डका मार्क वाटले ३ विकेट लिए। क्रिस ग्रिभ्सले दुई विकेट झारे। माइकल लिस्क, सफ्यान सरिफ र ब्रान्डोल म्याक मुलरको नाममा एक एक विकेट रह्यो। त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्याण्ड ४६.१ ओभरमा २ सय १२ रनमा अलआउट भयो।

    नेपालका लागि स्पिनर सन्दीप लामिछानेले एक्लैले ४ विकेट लिए। करण केसीले ३ विकेट झारे। कुशल मल्ल र ललित राजवंशीको नाममा समान एक विकेट रह्यो। सन्दीपले आफ्नो स्पेलमा ४५ रन खर्चे। करण केसीले ८.१ ओभरमा ४२ रन रन दिए। स्कटल्यान्डको ओपनर केर्ली कोट्जर २२ रनमा सन्दीपको बलमा एलबीडब्लु धरापमा परे। पहिलो विकेटका लागि ओपनर कोट्जर र जर्ज मुन्सेले ४२ रनको साझेदारी गरेका थिए। सन्दीपले सातौ ओभरको पाँचौ बलमा ओपनर कार्ल कोट्जरलाई एलबीडब्लु धरापमा पारेका थिए।

    सन्दीपले नै १३ औ ओभरको पाँचौँ बलमा जर्ज मुन्सेलाई बोल्ड आउट गर्दै पवेलियनको बाटो देखाएका थिए। नेपालविरुद्ध आक्रामक ब्याटिङ गरिरहेका मुन्सेले ५० बलमा ९ चौका र २ छक्का मद्धतमा ६० रन बनाएका थिए। नेपालविरुद्ध पहिलो खेलमा आराम दिइएको मुन्सेलाई स्कटल्यान्डले आजको खेलमा मैदान उतारेको थियो। सन्दीपले १४ औँ ओभरको अन्तिम बलमा कप्तान रिची बेरिङटोनलाई एलबीडब्लु धरापमा पारे। रिची पहिलो बलमा नै आउट भए। कुशलले २०।२ ओभरमा म्याक ब्राइडलाई २२ रनमा एलबीडब्लु धरापमा पारे।

    सन्दीपले नै २१.३ ओभमार थोेमस म्याकिन्टोसलाई १ रनमा सन्दीप जोराको हातबाट ब्याच आउट गराए। चौथो ओभरका लागि म्याथु क्रस र ब्रान्डान म्यकमुलेनले ५७ रनको साझेदारी गरेका थिए। ३४.३ ओभरमा म्याथु क्रस ४२ रन बनाउँदा दिपेन्द्र सिंंह ऐरिको हातबाट रन आउट भए। क्रसले ६३ बलमा ४ चौका र १ छक्का प्रहार गरे। ३४.५ ओभरमा करण केसीले माइकल लिस्कलाई शुन्य रनमा बोल्ड आउट गरे। नेपालले एकै ओभरमा लगातार २ विकेट झारेपछि नेपालले केही राहत महसुस गरेको थियो। ब्रान्डोम म्याक मुलर ३१ रनमा करण केसीको बलमा ललित राजवंशीको हातबाट क्याच आउट भए। क्रिस ग्रिभ्स ७ रनमा ललितको बलमा एलबीडब्लु धरापमा परे।

    नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई ३ विकेटले पराजित गरेको थियो। नेपालले पहिलो खेलमा नामिबियालाई २ र दोस्रो खेलमा ३ विकेटले हराएको थियो। नेपालले अब त्रिकोणात्मक सिरिजको लागि युएई भ्रमण गर्नेछ। नेपालले युएई र पपुवा न्यु गिनीसँग खेल्ने तालिका छ। नेपालले सिरिजको पहिलो खेलमा नेपालले २७ फेब्रुअरीमा पपुवा न्युगिनीसँग खेल्नेछ। दोस्रो खेलमा २ माचमा युएईसाग र ३ माचमा पपुवा न्यु गिनीसँग खेल्नेछ। सिरिजको अन्तिम खेलमा ६ मार्चमा युएईसँग खेल्नेछ। त्यसपछि नेपालले फेरि र्माच ९ देखि घरेलु मैदानमा पपुवा न्युगिनी र युएई सम्मिलित त्रिकोणात्मक सिरिज खेल्ने तालिका छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ