Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

सन्दीप लामिछानेलाई यूएई पठाउने क्यानको तयारी


ग्लोबल पाना
मंगलबार, फागुन १६ २०७९
  • 327
    SHARES

  • images
    सन्दीप लामिछानेलाई यूएई पठाउने क्यानको तयारी

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई युएई पठाउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)सँग अनुमति मागेको छ ।

    images
    images
    images

    नाबालिग बलात्कार मुद्दामा पाटन उच्च अदालतले लगाएको विदेश भ्रमणको प्रतिबन्ध सर्वोच्च अदालतले फुकुवा गरेसँगै लामिछानेलाई युएई पठाउन क्यानले आईसीसीसँग अनुमति मागेको हो ।

    प्रतियोगिताका क्रममा कुनै देशले स्क्वाड परिवर्तन गर्नुपरे आईसीसीसँग अनुमति लिनुपर्ने प्रावधान रहेकाले सन्दीपका विषयमा युएई पठाउन अनुमति मागिएको क्यानका प्रवक्ता दुर्गा पाठकले बताए।

    नेपालको शनिबार १५ सदस्यीय टिम खेलका लागि यूएई गएको थियो। आइतबार पहिलो खेल खेलिसकेको नेपालले बाँकी तीन खेलका लागि सन्दीपलाई टिममा अटाउन क्यानले पहल थालेको छ । आईसीसी अनुमति दिए सन्दीपलाई युएई पठाउन आजै भिसा आवेदन दिइने जनाइएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ