Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

आज बागमती प्रदेशसभा सदस्यका लागि अभिमुखीकरण कार्यक्रम


ग्लोबल पाना
शुक्रबार, फागुन १९ २०७९
  • 280
    SHARES

  • images
    आज बागमती प्रदेशसभा सदस्यका लागि अभिमुखीकरण कार्यक्रम

    काठमाडौं । आगामी राष्ट्रपति निर्वाचनका सन्दर्भमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति पदका लागि आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई विजयी गराउन आज बागमती प्रदेशसभाका सदस्यका लागि अभिमुखीकरण कार्यक्रम गरिने भएको छ ।

    images
    images
    images

    यही फागुन २५ गते हुने निर्वाचनमा पूर्व सभामुख पौडेललाई विजयी गराउन नेपाली कांग्रेसका उपसभापति पूणर्बहादुर खड्काको संयोजकत्वमा अन्य राजनीतिक दलका प्रतिनिधिहरु रहेको ‘राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्र’ गठन गरिएको छ ।

    संयन्त्रको निणर्यबमोजिम बागमती प्रदेशका आठवटै राजनैतिक दलका प्रदेशसभा सदस्यका लागि आज दिउँसो १ बजे आनन्द इभेन्ट, नयाँ वानेश्वरमा अभिमुखीकरण कार्यक्रम गरिने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यस बाहेक सबै प्रदेशमा सोहीअनुसारको राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रम हुने कांग्रेसले जनाएको छ ।

    यसअघि आठ दलले संघीय राजधानी काठमाडौँमा प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका आफ्ना सांसदका लागि शीर्ष नेताको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम गरेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ