Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

पेनाल्टीमा चुके पनि बार्सिलोना बिजय हात पार्न सफल


ग्लोबल पाना
सोमबार, फागुन २२ २०७९
  • 242
    SHARES

  • images
    पेनाल्टीमा चुके पनि बार्सिलोना बिजय हात पार्न सफल

    काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगामा महत्वपूणर् जित हात पारेको छ । घरेलु मैदानमा १० खेलाडीमा समेटिएको बार्सिलोनाले भ्यालेन्सियामाथि १-० को जित निकालेको हो ।

    images
    images
    images

    स्पोटिफाई नोउक्याम्पमा आइतबार राति भएको खेलको १५ औं मिनेटमा कप्तान सर्जियो बुस्क्वेट्सको पासमा गोेल गर्न सफल भएका थिए । ५५औं मिनेटमा फेरान टोरेस पेनाल्टीमा चुक्दा बार्सिलोना अग्रता दोब्बर पार्नबाट चुक्यो ।

    ५९औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटिन पुग्यो । ह्युगो डुरोमाथि अनावश्यक फउल गरेपछि रेफ्रीले रोनाल्ड एराउजोलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए ।

    यस जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाको २४ खेलबाट ६२ अंक पुगेको छ ।  पराजित भ्यालेन्सिया २३ अंक जोडेर १९औं स्थानमा छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ