काठमाडौं । सन् २०२६ को फिफा विश्वकप फुटबलमा ४८ राष्ट्रलेले सहभागिता जनाउने भएका छन् । फिफा काउन्सिलको गएराती बसेको बैठकको निणर्य अनुसार विश्वकप खेल्ने १६ राष्ट्रको संख्या बढाउँदै ४८ पुरयाउने निणर्य गरेको हो, जसअनुसार २०२६ को विश्वकपमा अब ४८ राष्ट्र सहभागी हुनेछन ।
यसअघि विश्वकपमा ३२ राष्ट्रले सहभागिता हुदैँ आएको थियो । रुवान्डामा आयोजना भएको फिफा काउन्सिलको बैठकले गएराति अनुमोदन गरेको नयाँ ढाँचा अनुसार ४८ टोलीलाई १२ समूहमा विभाजन गरिनेछ । जसअनुसार हरेक समूहमा ४ टोली हुने छन् भने समूहको शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउने छन् ।
यस्तै तेस्रो हुने उत्कृष्ट ८ टोलीले पनि नकआउट चरणमा स्थान बनाउने छन् । जसअनुसार २०२६ को विश्वकपमा अब कुल १०४ खेल हुनेछ । २०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्दैछन् ।
.gif)






.jpeg)
