Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

नेपाललाई तिन सय ११ रनको लक्ष्य


ग्लोबल पाना
बिहीबार , चैत २ २०७९
  • 275
    SHARES

  • images
    नेपाललाई तिन सय ११ रनको लक्ष्य

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज अन्तर्गत अन्तिम खेल युएईले नेपाललाई ३ सय १० रनको लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय १० रन जोडेको हो। युएईका लागि भृटया अरबिन्दले ९५ रनको योगदान गरे। उनले १३८ बलमा ८ चौका र २ छक्काको मद्धतमा ९४ रन जोडे।

    images
    images
    images

    यस्तै ओपनीङ्ग ब्याटिङ गर्न आएका युएईका कप्तान मुहम्मद वासीमले आक्रमिक सुरुआती गरे। उनले ४९ बलमा ६ छक्का र २ चौका प्रहार गर्दै ६३ रन जोडे। उनको आक्रमक लयलाई सन्दीप लामिछाने एलबीडब्लु गर्दै पवेलीयन फर्काए।

    वासीमको आक्रमक लयलाई युएईका अर्का ब्याट्सम्यान आशीफ खानले कायम राखे। शतकीय पारि खेल्दै खानले ४२ बलमा ११ छक्का र ४ चौका प्रहार गर्दै १ सय १ रन जोडे। आजको खेलमा युएइका ब्याटर आसिफ खानले इतिहास रचे । उनले तुफानी इनिङ खेल्दै ४१ बलमा शतक बनाए । यो शतक एकदिवसीय इतिहासमा चौथो सबैभन्दा छिटो शतक हो । सबैभन्दा छिटो शतक बनाएको रेकर्ड दक्षिण अफ्रिकाका पूर्वकप्तान एबी डिभिलियर्सको नाममा छ । उनले ३१ बलमा शतक बनाएका थिए ।

    नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ विकेट लिँदा ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले समान १/१ विकेट लिए।यो खेल नेपाल र युएईका लागि निकै महत्वपूर्ण रहेको छ। खेल नेपालले जिते विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ भने युएईले जिते विश्वकप लिग २ मा स्थान जोगाउन सफल हुनेछ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ