Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

‘प्रचण्डपछि माधव नेपाल, त्यसपछि देउवा प्रधानमन्त्री’


ग्लोबल पाना
बिहीबार , चैत २ २०७९
  • 323
    SHARES

  • images
    ‘प्रचण्डपछि माधव नेपाल, त्यसपछि देउवा प्रधानमन्त्री’

    काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पाँचै वर्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नबन्ने बताएका छन् । नेपाली कांग्रेस ललितपुर नगर समितिले विहीबार बिहान मंगलबजारमा आयोजना गरेको कार्यक्रममा पहिलो चरणमा प्रचण्ड, दोस्रो चरणमा माधव कुमार नेपाल र तेस्रो चरणमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका हुन् ।

    images
    images
    images

    निर्वाचन गराउने सरकारको नेतृत्व कांग्रेस सभापति देउवाले गर्ने नेता निधिको भनाइ छ । दलहरुबीच भएको सहमति अनुसार गठबन्धनको सरकार पाँच बर्षसम्म कायम रहने उनको भनाइ छ ।

    उनले उपराष्ट्रपति निर्वाचन लगत्तै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने र कांग्रेस सरकारमा जाने पनि बताए । निधिले कांग्रेसको अग्रसरतामा एमालेसँगको गठबन्धनबाट माओवादी मुक्त भएकोसमेत जानकारी दिएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ