Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

नेपाल १५७ मा अलआउट, सन्दीप लामिछानेले बनाए सर्वाधिक रन


ग्लोबल पाना
बिहीबार , वैशाख १४ २०८०
  • 262
    SHARES

  • images
    नेपाल १५७ मा अलआउट, सन्दीप लामिछानेले बनाए सर्वाधिक रन

    काठमाडौं । एसीसी मेन्स प्रिमियर कप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले ब्याटिङमा राम्रो प्रदर्शन गर्न सकेन । कतारसँग टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४०.३ ओभरमै १५७ रनको स्कोरमा अलआउट भएको छ ।

    images
    images
    images

    आजको खेलमा नेपालको लागि सन्दीप लामिछानेले सर्वाधिक अविजित ४२ रन बनाए । कप्तान रोहित पौडेलले २७, आसिफ शेखले १९, दिपेन्द्र सिंह ऐरीले १२ र आरिफ शेख र सोमपाल कामीले समान ११-११ रन बनाए ।

    कतारका लागि आमिर फारुकले ४ र ओवाइस अहमदले ३ विकेट लिए । गयान मुनाविराले २ विकेट तथा इकरामुल्लाह खानले १ विकेट लिए । अब केही बेरमा कतारले जवाफी ब्याटिङ थाल्नेछ ।

    यद्यपि नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेकोले यो खेल हारे पनि नेपालको अगाडिको यात्रा भने रोकिने छैन । यो खेलको हारजितले नेपालले सेमिफाइनल कुन मैदानमा खेल्ने र कुन प्रतिद्वन्द्वी पाउने भन्ने निर्धारण गर्नेछ ।

    यो खेल नेपालले जितेमा नेपाल समूहमा पहिलो हुनेछ र पहिलो सेमिफाइनल खेल्नेछ । पहिलो सेमिफाइनल किर्तिपुर मैदानमा हुनेछ । नेपालले यो खेल हारेमा समूहमा दोस्रो हुनेछ र दोस्रो सेमिफाइनलमा मूलपानीमा खेल्नेछ ।

    आजै अर्को खेल मूलपानीमा हङकङ र कुवेतबीच भइरहेको छ । यो खेल जसले जित्छ त्यो टिक सेमिफाइनल पुग्नेछ । तर, हङकङले जितेमा ऊ समूह विजेता भएर सेमिफाइनल पुग्नेछ र सेमिफाइनलमा मूलपानीमै खेल्नेछ ।

    यदि यो खेल कुवेतले जितेको अवस्थामा पहिल्यै सेमिफाइनल पुगिसकेको युएइ समूह विजेता बन्ने सम्भावना उच्च हुनेछ । त्यसैले यो खेल कुनेतले जितेको खण्डमा कुवेत भने पहिलो सेमिफाइनलमा पर्नेछ र किर्तिपुरमा खेल्नेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ