Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै, लामिछाने दलको नेता बन्दै


ग्लोबल पाना
सोमबार, वैशाख १८ २०८०
  • 274
    SHARES

  • images
    रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै, लामिछाने दलको नेता बन्दै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ। उपनिर्वाचनवाट सभापति रबि लामिछाने पुनः निर्वाचित भएर आए पछि पहिलो पटक केन्द्रिय समिति र संसदीय दलको दुबैको बैठक आज बस्न लागेको हो।

    images
    images
    images

    जसअनुसार बिहान ११ बजे केन्द्रीय समितिको बैठक बस्नेछ भने दिउँसो ३ बजे संसदीय दलको बैठक बस्नेछ। निर्वाचित भएर आए पछि पहिलो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आइतबार लामिछानेले भेट गरेका थिए।

    प्रधानमन्त्री प्रचण्डले सरकारलाई दिएको समर्थन कायमै राख्न अनुरोध गरे पनि सरकारले हालै ल्याएको ‘नीति तथा कार्यक्रम’मा भ्रष्टचारलाई कारबाही गर्ने बिषयको बुदाँ नै हटाएको भन्दै सभापति लामिछानेले आपत्ति जनाउँदै आएका छन्।

    जसकाकारण सरकारले दिएको समर्थन कायमै रहन्छ भन्नेमा आशंका कायमै रहेको बेला रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाइएको हो।

    यसैगरी, आजको बैठकले सभापति लामिछानेलाई पुनः संसदीय दलको नेतामा चयन गर्ने एजेन्डा रहेको छ। यसअघि संसदीय दलको नेता रहे पनि नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसाला पछि सभापति लामिछानेको सांसद गुमेसँगै उनी स्वत्त पदमुक्त भएका थिए।

    लामिछाने पदमुक्त भए पछि रास्ववाले पार्टी उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेता चयन गरेको थियो। लामिछाने पुनः बिजयी भएर आए पछि उनले शनिबार नै राजीनामा दिएका छन । उक्त रिक्त पदमा आज लामिछाने पुन चयन हुने बुझिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ