एजेन्सी । अर्लिङ हालान्डले सिजनमा ५० गोल पुरा गरेको खेलमा म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ। आइतबार राती फुलह्यामलाई २-१ ले पराजित गर्दै म्यानचेस्टर सिटीले अङ्क तालिकामा आर्सनललाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो।
सिटीले तेस्रो मिनेटमानै हालान्डको पेनाल्टीमार्फत खेलमा अग्रता लिएको थियो। टिम रियमले जुलियन अल्भारेजलाई फल गरेपछि सिटीले पेनाल्टी पाएको थियो। उक्त पेनाल्टीलाई हालान्डले गोलमा परिणत गर्दै खेलमा टिमलाई अग्रता दिलाए। गोलसँगै हालान्डले एकै सिजनमा ५० गोल पुरा गर्न सफल भए। उनी अघि एस्टन भिल्लाका टोम ‘पोङ्गो’ वारिङ्गले १९३१ मा यो उपलब्धि हासिल गरेका थिए।
सुरुवातमानै अग्रता लिएको सिटी विरुद्ध फुलह्यामले १५औ मिनेटमा बराबरी गोल फर्काएको थियो। कार्लोस भिनिसियले सिटी विरुद्ध गोल गर्दै दबाब बढाएका थिए। तर सिटीले पहिलो हाफमानै अग्रता बनाउने क्रममा ३६ औ मिनेटमा अग्रता बनायो। उसका लागि अर्जेन्टिनी स्टार जुलियन अल्भारेजले करीब २५ यार्डबाट गरेको शक्तिसाली प्रहार गोलमा परिणत भएको थियो। त्यसअघि ज्याक गार्लिसको प्रहार पोस्टमा लाग्दा अग्रताबाट सिटी चुकेको थियो। दोस्रो हाफमा भने सिटीले थप गोल गर्न सकेन।
जितसँगै सिटीले ३२ खेलबाट ७६ अङ्क बनाएको छ। दोस्रो स्थानमा झरेको आर्सनलको ३३ खेलबाट ७५ अङ्क छ।
त्यस्तै आइतबारनै भएको खेलमा तेस्रो स्थानको आर्सनल र चौंथो स्थानको म्यानचेस्टर युनाइटेडले आ-आफ्नो खेलमा जित हासिल गरे। न्युक्यासलले साउथहेम्टनलाई ३-१ ले पराजित गर्दा युनाइटेडले एस्टन भिल्लालाई १-० ले हरायो। त्यस्तै अर्को खेलमा बोर्नेमाउथले लिड्सलाई ४-१ ले पराजित गरेको थियो।
.gif)






.jpeg)
