Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

प्रिमियर लिगमा लिभरपुलको सहज जीत


ग्लोबल पाना
मंगलबार, जेठ २ २०८०
  • 242
    SHARES

  • images
    प्रिमियर लिगमा लिभरपुलको सहज जीत

    काठमाडौं । लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सहज जित हासिल गरेको छ । लिरभपुलले घरेलु टोली लेस्टर सिटीमाथि ३-० को सहज जित निकाल्दै लिगको शीर्ष चारमा नै रहने सम्भावना बलियोसमेत बनाएको छ । किङपावर स्टेडियम लेस्टरमा सोमबार राति भएको खेलमा लिभरपुलको सहज जित पछि उसको चौथो स्थानमा उक्लिने सम्भावना बलियो बन्दै गएको हो ।

    images
    images
    images

    सो खेलको ३३औं मिनेटमा कर्टिस जोन्सको गोलबाट लिभरपुलले १-० को अग्रता लिन सुरु गरेको थियो र त्यसको तीन मिनेट पछि नै अथाएत ३६औं मिनेटमा जोन्सले मोहम्मद सलाहकै पासमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोलसँगै लिभरपुल पहिलो हाफमा २-० ले अग्रता लिन सफल भयो ।

    दोस्रो हाफको ७१औं मिनेटमा ट्रेन्ट एलेक्सान्डर आर्नोल्डले थप गोल  गरे पछि लिभरपुल सहज रुपमा ३-० को अग्रता कायम गर्न सफल हुन पुग्यो । त्यसपछि दुवै टोलीवाट कुनै गोल हुन सकेन र अन्ततः खेल ३-० मा नै टुंगियो । यस जितसँगै लिभरपुलले ३६ खेलबाट ६५ अंक बटुेलेको छ भने पराजित लेस्टर समान ३६ खेलबाट ३० अंक जोडेर १९औं स्थानमा सिमित रहन पुगेको छ । पछिल्लो यो जीतसँगै पाचौं स्थानमा रहेको लिभरपुललाई चौथौं स्थानमा जानका लागि थप सहज भएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ