Oct 21 2026 | २०८३, कात्तिक ५गते

images
ताजा अपडेट

images
images
images

उम्मेद्वारी खारेज भएका गुरुङको आझ सुनुवाई हुने


ग्लोबल पाना
शुक्रबार, असोज २८ २०७९
  • 221
    SHARES

  • images
    उम्मेद्वारी खारेज भएका गुरुङको आझ सुनुवाई हुने

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजी सम्बन्धी रिटको आज सुनुवाई हुँदैछ। रूपन्देही–२ का आफ्नो उम्मेदवारी खारेजी भए पछि सर्वोच्च अदालत गएका गुरुङको रिटमा आज सुनुवाई हुने भएको हो । आफनो उम्मेदवारी खारेज भएपछि गुरुङले सर्वोच्चमा रिट दायर गरेका थिए। 

    images
    images
    images

    बैंकिङ कसुर मुद्दामा कालोसूचीमा रहेको उल्लेख गर्दै गुरुङको उम्मेदवारी खारेज गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको थियो । आयोगको उक्त निर्णय विरुद्ध गुरुङले रिट निवेदन दायर गरेका हुन्। 

    लगत्तै रिट निवेदनमा गुरुङले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरेका छन्। सोही मुद्धामा सर्वोच्चले आज सुनुवाई गर्न लागेको हो ।  

    सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले सूचना जारी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ को खण्ड (ज) र निर्देशिका २०७९ को दफा १६ (ज) लाई आधार बनाएर उम्मेदवारी खारेज गरेका थिए ।
      

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ